विश्वमा यी मुलुकमा अहिलेसम्म कोरोनाभाइरस भेटिएका छैनन

अमेरिका– चीनबाट फैलिन सुरु भएको महामारी कोरोनाभाइरस पछिल्लो क्रममा लगभग विश्वका सबै शक्तिशाली देशलाई छोइससकेको छ । चीनपछि इटाली, इरान र अमेरिका सबै मृतिक र संक्रमीत संख्या बढीरहेको देश हुन ।
तर अहिले सम्म यस्ता देश छन् यहा“ कोरोनाभाइरसको एउटा पनि संक्रमण भेटिएका छैनन । ति देशहरु यो महामारीबाट बचेका छन् । सयुक्त राष्ट्रसंघले १९७ देशलाई मान्यता दिएको छ । संयुक्त राष्ट्रसघको यो मान्यतालाई हिसाब गर्ने हो भने विश्वभर कोरोनाभाइरसबाट अब २१ देश मात्रै बचेको छ । यी देशमा कोरोनाभाइसको कुनै संक्रमण छैन अर्थात शुन्य प्रभाव छ । बल्र्ड डोमेटर्स.इन्फोले निकालेको कोरोनाभाइरसको ताजा तथ्याङक अनुसार यी देशहरु संक्रमणबाट अछुत रहेका छन् ।
यसरी संक्रमणको प्रभाव परेका देशहरुको नाम नै अहिले सम्म सुनिएका छैनन । कहिले कसैले नसुनेका नामहरु जो क्षेत्रफलको हिसाबले ज्यादै साना छन् । जसमा पलाउ, तुवालु, सोलोमन, सैंट किटिस एन्ड नेविस, सामोआ, निमोर लेस्टे, सैट बिसेट एन्ग्रेनाडिनिज तथा बानुआतु जस्तो देशहरु सामेल छन् । यी लगायतका मुलुकमा कोरोनाभाइरस संक्रमण छैन ।
अहिले सम्म विश्वका १७६ देशमा कोरोनाभाइरसको महामारी डढेलो झै फैलिरहेको छ । विश्वमा केही अरु देशमा कम सक्रमण र मृतकको संख्या रहेको छ । नेपालमा पनि अहिले सम्म एक जनामा कोरोनाभाइरस संक्रमण पृष्टि भएको छ । कम प्रभावित मुलुक दोस्रो देशबाट गएकाहरुबाट प्रभावित भएका धेरै छन् ।
कोरोनाभाइरसबाट तीन मुलुक सबै भन्दा बढी प्रभावित बनेको छ । चीन , इटली र इरान । संसारभर अहिले सम्म कोरोनाभाइरस संक्रमणको संख्या झण्डै ४ लाख पुग्न आटेको छ । जस मध्ये संक्रमणको संख्या चाइना ८१ ह्जार रहेको छ । मृतकको संख्या ३ हजार २ सय भन्दा बढीरहेको छ ।
त्यस्तै इटली ६३ हजार संक्रमण र मृतकको संख्या ६ हजार बढीरहेको छ । इरानमा संक्रमित २४ हजार बढी र मृतक झण्डै २ हजार पुग्न लागेको छ । संक्रमणको हिसाबले अमेरिका चीन इटली पछि तेस्रो बनेको छ । अमेरिकामा अहिले सक्म ४४ हजार भन्दा बढी संक्रमीत भेटिएका छन् ।