अमेरिका– अमेरिकामा कोरोनाभाइरसबाट लस एनजल्समा एक किशोरको ज्यान गएको छ ।
लज एन्जलसका मेयर एरिक गार्सेटीलेले किशोरको मुत्यु भएको पृष्टि गरेका हुन । यसरी मृत्यु भएका किशोर यस अघि कुनै रोगबाट पीडित नभएको मेयर एरिकले जनाएका छन् । अमेरिकामा कोरोनाभाइरसबाट किशोरको मुत्यु भएको यो पहिलो घटना हो । अमेरिकामा कोरोनाभाइरसबाट मुत्यु भएका अधिकांश व्यस्क र बृद्धबृद्धा रहेका छन् ।
लस एन्जलस लैंकेस्टरका किशोरको मुत्यु भएको हो । मृतकको परिचय भने सार्वजनिक गरिएको छैन । स्वास्थ्य अधिकारीले समेत किशोरको मृत्यु भएको पृष्टि गरेका छन् । यो कोरोनाभाइरस सबै उमेरका लागी घातक भएको अधिकारीहरुले बताएका छन् ।
स्वास्थ्य अधिकारीहरुले सबैलाई सर्तक हुन आव्हान गरेका छन् । यो भाइरसले सबैलाई प्रभावित पार्ने भएकाले सजग हुन पर्ने त्यस क्षेत्रका गर्भनरले बताए ।
अमेरिकामा पछिल्लो क्रममा कोरोनाभाइरसको संक्रमण महामारीको रुपमा फैलिदै गएको छ । अमेरिकामा पछिल्लो जानकारी अनुसार ५५ हजार भन्दा बढी संक्रमीत पुगेको छ । अमेरिकामा ८०८ जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...