अमेरिकामा स्वास्थ्य संकट बढदै गएपछि राष्ट्रपति ट्रम्पद्धारा दक्षिण कोरियासंग भाइरस टेस्ट किटको माग

अमेरिका– विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसको चपेटामा पर्ने अमेरिका तेस्रो मुलुक बनेको छ । दिनप्रतिदिन बढदै गएको कोरोनाभाइरसको संक्रमण संग जुध्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासंग नोबल कोरानाभाइरसका लागी टेस्ट किटको माग गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले यसबारेमा संचारमाध्यमलाई जानकारी दिएको जनाइएको छ ।
चीनपछि दक्षिण कोरियामा फैलिदै गएको कोरोनाभाइरसलाई यहा“ टेस्टिङ तथा अन्य विभिन्न प्रयास पछि अहिले नियन्त्रणमा आएको छ । दक्षिण कोरियामा निशुल्क रुपमा कोरोनाभाइरस परीक्षण गरिएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा स्वास्थ्य संकट गहिरिदै गएपछि दक्षिण कोरियासंग किटको माग गरेका हुन ।
सियोगमा टेस्ट डेप्लोपरसंग गएका मुनले राष्ट्रपति ट्रम्पले किटको आग्रह गरेकाले यसका लागी उनी तयार भएको समाचारमा जनाइएको छ । टेस्ट किटको औजारका लागी अमेरिकाका एफडिए स्वीकृत गर्नुपर्छ । यसका लागी राष्ट्रपति ट्रम्पले एक दुई दिन भित्रमा दक्षिण कोरियाली राष्ट्रपति मुलाई एफडिए स्वीकृत पठाउने बताएका छन् ।
वाइट हाउसले समेत दुई देशका प्रमुख बीच यस बिषयमा कुराकानी भएको पृष्टि गरेको छ । ट्रम्प दोस्रो पटक फेरी आफनो राष्ट्रपतिय चुनावी प्रचारको दौड चाडै सुरु गर्न चाहन्छन् । यही भएर पनि यो अवस्थाको अन्त्य छिटो होस भन्ने उनी चाहिरहेका छन् । उनले सामाजिक दुरीका कारण अमेरिकाको अर्थतन्त्र धराशयी भएको बताएका छन् । एक वर्षमा हजारौ अमेरिकनलाई गुमाउनु परेकाले हालत अरु बिगर्न नदिन उनले हरेक उपाय अपनाइ रहेका छन् ।