टेक्सस– अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा बस्दै आएका दुई नेपालीमा कोरोनाभाइरस संक्रमण पृष्टि भएको छ ।
स्थानिय समाजिक अभियान्ता देवराज न्यौपानले ग्यासस्टोरमा काम गर्ने दुई नेपालीमा कोराना संक्रमण भएको पृष्टि गरेका छन् । उनिहरुको नाम भने गोप्य राखिएको छ ।
उनले सामाजिक संजालमा पोष्ट गदै एउटै कोठामा बस्दै आएका पा“च जना नेपाली मध्य दुई जनामा परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । संक्रमित मध्ये एक जनाको निमोनियाको स्टेज भएकोले उपचार भइरहेको छ ।
भने थप एक जनालाई अस्पताले सेल्फ क्वारेन्टाइनमा बस्नका लागि घर पठाइदिएको न्यौपानेले बताएका छन् ।
टेक्ससमा पनि कोरोनाभाइरस संक्रमण बढदै गएपछि नेपालीहरुमा त्रास बढेर गएको छ । केही नेपालीमा संक्रमण देखिए पनि यसबारेमा नेपाली निकायहरुले आधिकारिकता पुष्टि गरेका छैनन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...