अमेरिकामा कोरोनाभाइरस संक्रमणको संख्या चीन र इटलीकै हाराहारीमा पुग्दै, एकै दिन ८ हजार भन्दा बढी संक्रमण

अमेरिका-अमेरिकामा कोरोनाभाइरस संक्रमणको संख्या एकै दिन हजारौको संख्यामा बढन थालेको छ ।
अमेरिकामा कोरोनाभाइरस संक्रमणको संख्या चीन र इटलीकै हाराहारीमा पुग्न लागेको हो ।
अमेरिकामा यो समाचार तयार पार्दा सम्म कोरोनाभाइरस संक्रमणको संख्या ७६ हजार भन्दा माथि पुगेको हो । मृतकको संख्या १, १२२ पुगेको छ । अमेरिकामा एकै दिन कोरोनाभारस संक्रमण ८ हजार भन्दा बढीले वृद्धि भएको छ । जब की चीन र इटलीमा ८१ र ८० हजार संक्रमणको संख्या छ । यो हिसाबले अमेरिमाका कोरोनाभाइरस संक्रमण उच्च जोखिम बढने देखिएको छ । संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ ।
अमेरिकामा संक्रमण मध्ये आधा भन्दा बढी न्युयोर्क सहरमा देखिएको छ । न्युयोर्कमा संक्रमणको सख्या ४० हजारको नजिक पुग्न लागेको छ । मृतकको संख्या पनि न्युयोर्कमा बढी छ ।
विश्व स्वास्थ्य संगठनले समेत अमेरिकामा फैलिदै गएको कोरोना संक्रमणलाई देखेर चिन्ता व्यक्त गरेको छ । अमेरिकामा कोरोनाभाइरसले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण घरमै कैद भएका छन् । संक्रमीतको संख्या घटने क्रम नरोकिएपछि सबैलाई त्राहीमान बनाएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...