अमेरिका– अन्ततः अमेरिका कोरोनाभाइरस संक्रमणको इपिसेन्टर बनेको छ । चीनकै हाराहारीमा यहा“ संक्रमीतको सख्या पुगेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा कोरोनाभाइरस संक्रमणको सख्या बढेर ८१ ह्जार २ सय ५८ पुगेको छ । जब की चीनमा ८१ ह्जार २८५ संक्रमीत छन् ।
यो अवस्थाले अमेरिका अब चीन भन्दा बढी संक्रमणको सख्या हुने अनुमान छ । चीन पछि इटली कोरोनाको केन्द्र रहेकोमा अमेरिकाले इटलीलाई जित्दै चीनको हाराहारीमा संक्रमीत हुने मुलुक बनेको छ ।
यो हिसाबले अमेरिमाका कोरोनाभाइरस संक्रमण उच्च जोखिम बढने देखिएको छ । संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ ।
अमेरिकामा संक्रमण मध्ये आधा भन्दा बढी न्युयोर्क सहरमा देखिएको छ । न्युयोर्कमा संक्रमणको सख्या ४० हजारको नजिक पुग्न लागेको छ । मृतकको संख्या पनि न्युयोर्कमा बढी छ ।
विश्व स्वास्थ्य संगठनले समेत अमेरिकामा फैलिदै गएको कोरोना संक्रमणलाई देखेर चिन्ता व्यक्त गरेको छ । अमेरिकामा कोरोनाभाइरसले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण घरमै कैद भएका छन् । संक्रमीतको संख्या घटने क्रम नरोकिएपछि सबैलाई त्राहीमान बनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected