कोरोनाभाइरस अपडेट: टेक्ससमा १५ सय भन्दा बढी कोरोनाभाइरस ं संक्रमण, २१ को मुत्यु
अमेरिका– कोरोनाभाइरस संक्रमणको इपिसेन्टर बनेको अमेरिकाको टेक्ससमा पनि कोरोनाभाइरस संक्रमण बढेर गएको छ ।
स्थानिय स्वास्थय संस्थाले बिहीबार जारी गरेको तथ्याङक अनुसार टेक्कसमा १ हजार ५६३ मा संक्रमण पृष्टि भएको छ । कोरोनाभाइरस संक्रमणबाट २१ जनाको ज्यान गएको छ । टेक्ससमा केही नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको हल्ला चले पनि यसको आधिकारिक पृष्टि भने हुन सकेको छैन । नेपालीहरुले संक्रमणलाई लुकाएका छन् ।
टेक्ससमा छोटो समयमा कोरोनाभाइरस फैलिन थालेपछि स्थानिय सरकारले केही काउन्टीलाई लक डाउन समेत गरेको छ । तर यसको कार्यान्वयन पुर्ण भएको छैन ।
टेक्ससको ड्यालस काउन्टी पछिल्लो क्रममा बढी प्रभावित बनेको छ । संक्रमण र मृतकको संख्या पनि यही काउन्टीमा भेटिएको छ । ड्यालस काउन्टीमा ३०३ मा संक्रमण र ७ जनाको ज्यान गएको छ ।
यस्तै हयारिसमा १८५ संक्रमण र २ जनाको ज्यान गएको छ । ट्राभिसमा ११९ संक्रमण, टयारेन्ट काउन्टीमा ९० संक्रमित र एक जनाको ज्यान गएको छ । बेक्सरमा ८४ संक्रमीत र ३ जनाको ज्यान गएको छ । डेन्टनमा ७० संक्रमण, फोट बेन्डमा ५४, कोलिनमा ५३, र एकको मुत्यु, ब्राजोरियामा ३३ संक्रमण तथा मोन्टगोमेरीमा ३१ ज्नामा संक्रमण भेटिएको छ । टेक्ससको हयारिस, ट्राभिस, ट्यारेन्ट, वेक्सर, फोर्ट बेन्ड, कोलिन डेन्टन लगायतका काउन्टी बढी प्रभावित बनेका छन
टेक्ससमा कोरोनाभाइरस फैलिदै गएपछि सर्वसाधारणमा त्रास बढेर गएको छ । बजारमा चहलपहल घटदै गएको छ । होटल रेष्टुरेन्ट लगायत अन्य व्यापार व्यवसायहरु सुनसान बन्दै गएका छन् । स्कुल कलेज बन्द छन् ।