अमेरिका– कोरोनाभाइरस महामारी संक्रमणमा चीनलाई पनि उछिनेको अमेरिकाले यसबाट बच्न खबरदारी गरेको छ ।
कोरोनाभाइरसको चपेटामा केवल उमेरका पाकेका मात्र नभई युवाहरु पनि पदै गएपछि सचेत रहन खबरदारी सुरु गरेको हो ।
अमेरिकाका शीर्ष अधिकारी एंथोनी फौसीले युवा तथा स्वास्थ्य मानिसमा पनि संक्रमण देखिएकाले सजग गराएका हुन । उनका अनुसार जा“चका क्रममा स्वास्थ्य युवामा पनि कोरोना पोजेटिभ देखिएको छ । यो संगै अमेरिकी प्रशासनमा यसले झनै चिन्ता थपेर लगेको छ । अमेरिकामा केवल दिर्घ रोगी वृद्धबृद्धालाई मात्रै कोरोना संक्रमण भएको कुरा बाहिर आइरहेको बेला युवाहरु पनि त्यतिकै यसको संक्रमणमा परेको बताइएको छ । कोरोनाको संक्रमण केवल वृद्धवृद्धा मात्र नभई युवाहरु पनि प्रताडित बनेको अधिकारीले बताएका छन् ।

उनले सोसल मिडियााको एउटा प्रत्यक्ष प्रसारणमा कोरोना केवल वृद्धवृद्धालाई मात्रै नभई युवा पनि फैलिदै गएकाले सचेत रहन सन्देश दिएका हुन ।
अहिले सम्म अमेरिकामा एक हजार भन्दा बढीको ज्यान गएको छ तिनमा वृद्धावृद्धा धेरै होला तर यसको लक्षण केवल उनिहरुमा मात्र नभई युवाहरुमा पनि त्यतिकै भएको फौसीले बताए ।

उनले स्पष्ट पादै युवाहरुलाई सामाजिक दुरी र अन्य बच्ने उपायहरुको पालन गर्न सुल्झाएका छन् । त्यसो त अमेरिकाको रोक नियन्त्रण केन्द्रका अनुसार अस्पतालमा भर्ना हुने कोरोनाका रोगी २० देखि ५४ वर्ष उमेरका पनि अधिक छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected