अमेरिका– विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसले यतिबेला सबैतिर अवस्था डामडोल बनेको छ । विश्वमा मृतकको हिसाबले इटाली सबै भन्दा प्रभावित मुलुक बनेको छ । इटलीमा ९ हजार भन्दा बढीको ज्यान गएको छ । ८६ हजार भन्दा बढी संक्रीमत बनेका छन् । कोरोना संक्रमणको हिसाबले अमेरिका सबै भन्दा बढी प्रभावित मुलुक हो ।
विश्वमै अमेरिका कोराना संक्रमबाट ग्रस्त पहिलो मुलुक बनेको छ । अमेरिकामा यो समाचार तयार पार्दा सम्म संक्रमीत ९६ हजार भन्दा माथि पुगेको छ । संक्रमणको तुलनामा मृतकको संख्या भने बढ्दो छैन । अमेरिकामा अहिले सम्म १ हजार ४९४ को मुत्यु भएको छ ।
अहिले सम्म विश्वमा कोरोनाभाइरसबाट २६ हजार ८ सय ६४ जनाको ज्यान गइसकेको छ भने ५ लाख भन्दा बढी मानिस यसको संक्रमणमा परेका छन । यो समाचार तयार पार्दा सम्म चीनमा ३ हजार २ सय ९२ र इटलीमा ९ हजार १ सय ३४ र स्पेनमा ४ हजार ९ सय ३४ जना को ज्यान गएको छ । यी तीन देश कोरोनाभाइरसबाट बढी प्रभावित बनेका छन् । यी मध्ये ६४ भन्दा बढी देशमा यसको संक्रमणबाट मुत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । संक्रमीत मध्ये विश्वका १ लाख २४ हजार भन्दा बढीको उपचार भइरहेको खबर छ ।
चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको महामारी अहिले विश्वका १७२ भन्दा बढी राष्ट्रमा डढेलो झै सल्किएर फैलिएको छ ।
चीनको अलवा १६ भन्दा बढी मुलुकमा हजार भन्दा बढी संक्रमणका घटना बाहिर आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected