अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमणको संख्या बढेर एक लाख नाघेको छ । अन्ततः चीन र इटलीलाई पन उछिन्दै अन्ततः अमेरिका कोरोनाभाइरस महामारीको केन्द्रविन्दु बनेको छ । तीन दिनमा संक्रमणकाे संख्या तेब्बर बढेर गएकाे छ ।
संक्रमणको संख्या दिनानुदिन बढेर अवस्था भयानक बनिरहदा पनि नियन्त्रणको प्रयास हुन सकेको छैन । अमेरिकामा पछिल्लो अपडेट अनुसार कोरोनाभाइरस संक्रमणको सख्या हवात्तै बढेर १ लाख १ हजार २६ पुगेको छ । संक्रमणको संख्या बढदै जादा यसबाट निको भएका जम्मा ८६९ मात्रै छ । मृतकको संख्या यो समाचार तयार पार्दा सम्म १ हजार ६ सय १ पुगेको छ ।
कोरोनाभाइरसको सबै भन्दा प्रभावित अमेरिकाको व्यस्त सहर न्युयोर्क बनेको छ । न्युयोर्कमा अमेरिकाको आधा भन्दा बढी संक्रमणको सख्या भेटिएको छ । न्युयोर्कमै कोरोना संक्रमण ४४ हजार भन्दा माथि छ । मृतकको संख्या पनि यहा ५ सय भन्दा बढी छ ।
अमेरिका पछि कोरोना संक्रमण संख्या इटलीमा ८६ हजार बढी छ । मृतकको संख्या ९ हजार बढी छ । त्यस्तो कोरोनाको केन्द्र बनेको चीन तेस्रो नम्बरमा पुगेको छ । चीनमा संक्रमीत बढन छाडेको छ । चीनमा ८१ हजारबाट संक्रमणको दर बढेको छैन । यहा मृतको सख्या पनि ३ हजार भन्दा माथि पुगेको छैन ।
अमेरिकामा भने कोराना महामारीले बिकराल रुप लिदै गएको छ । वासिङटन राज्यबाट सानो रुपमा सुरु भएको कोराना अहिले अमेरिकामा डढेलो झै फैलिएर महामारीको मुलुक बनेको छ । यतिका सख्या बढीरहदा पनि अमोरिकामा लक डाउन पुरै हुन सकेको छैन । मानिसहरु बेपर्वाह हिडीरहेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...