शिव शर्मा 

विश्वमा यतिबेला एउटा

भिषण युद्ध चलेको छ 

युद्धले पुरै दुनिया 

आगो झै दनदनी बलिरहेको छ ।

 

तर यो युद्ध बेग्लै खालको छ 

यहाँ कुनै मिसाइल

दाबीएको छैन 

नत बम-गाेला बारुद नै ।

 

एउटा अजीवको अदृश्य शक्तिले 

यतिबेला पुरै विश्वलाई थरथर बनाएको छ

आणविक हतियारको धङधङी 

मच्चाउनेहरुलाई पनि चुपचाप बनाएको छ 

 

यो हतियार विनाको युद्धले 

दुनियाको पुरापुर मानवलाई

त्रासदीको खग्रासमा धकेल्दै

घरभित्रकै झयालखानामा कैदी बनाएको छ ।

 

पहिलो र दोस्रो विश्वयुद्ध भन्दा पनि

यो एउटा नरसंहारकारी 

 विध्वंशकारी

भयानक युद्ध बनेर निस्केको छ ।

 

हिजोआज

हरपल हरक्षण यही युद्धले

सबैलाई निन्द्रामा पनि झस्काएको छ 

सर्वत्र फैलिएको युद्धको बाछिटाहरुले चुटेर

धेरैको मनोबल खस्काएको छ ।

 

तर पनि सारा दुनियामा 

आत्मविश्वास डगमगाएको छैन

यो  चलेको युद्धको

युद्धबिराम हुने अभिलाषा बोकेर

एउटा सुनौलो बिहानीको 

पखाईमा छौ ।

 

हाे,

हामी यो मानव विनासकारी युद्ध

पुर्णत निस्तेज हुने 

दिनको पखाईमा छौ ।।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected