अमेरिका– कोरोनाभाइरस संक्रमणको इपिसेन्टर बनेको अमेरिकाको टेक्ससमा पनि कोरोनाभाइरस संक्रमण बढेर गएको छ ।

स्थानिय स्वास्थ्य संस्थाले जारी गरेको जारीे तथ्याङक अनुसार टेक्ससमा २ हजार ३४३ मा संक्रमण पृष्टि भएको छ । कोरोनाभाइरस संक्रमणबाट २८ जनाको ज्यान गएको छ । टेक्ससमा केही नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको हल्ला चले पनि यसको आधिकारिक पृष्टि भने हुन सकेको छैन । नेपालीहरुले संक्रमणलाई भएको लुकाएका छन् ।
टेक्ससमा छोटो समयमा कोरोनाभाइरस फैलिन थालेपछि स्थानिय सरकारले केही काउन्टीलाई लक डाउन समेत गरेको छ ।
टेक्ससको ड्यालस काउन्टी पछिल्लो क्रममा बढी प्रभावित बनेको छ । संक्रमण र मृतकको संख्या पनि यही काउन्टीमा भेटिएको छ । ड्यालस काउन्टीमा ३६७ मा संक्रमण र ७ जनाको ज्यान गएको छ । यस काउन्टीको जेलमा पनि कोरोनाभाइरस संक्रमण भएको पृष्टि भएको छ । टेक्ससको हयारिस, ट्राभिस, ट्यारेन्ट, वेक्सर, फोर्ट बेन्ड, कोलिन डेन्टन लगायतका काउन्टी बढी प्रभावित बनेका छन
टेक्ससमा कोरोनाभाइरस फैलिदै गएपछि सर्वसाधारणमा त्रास बढेर गएको छ । बजारमा चहलपहल घटदै गएको छ । होटल रेष्टुरेन्ट लगायत अन्य व्यापार व्यवसायहरु सुनसान बन्दै गएका छन् । स्कुल कलेज बन्द छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected