कोरोना अपडेट–अमेरिकामा सामाजिक दुरी कायम गर्ने समयसिमा अप्रिल ३० सम्म लम्बियो
अमेरिका– अमेरिकामा कोरोना महामारी बढदै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दुरी कायम गर्नु पर्ने समय सिमा लम्ब्याएका छन् ।
दिनप्रतिदिन संक्रमण बढदै गएपछि आईतबार उनले अप्रिल ३० सम्मलाई सामाजिक दुरी कायम गर्ने अवधि लम्ब्याएका हुन ।
उनले एक दुई साता कोरोनाबाट अमेरिकामा मृतकका सख्या बढने र त्यसपछि अवस्था सहज भएर जाने बताएका छन् ।
अमेरिकामा यो समाचार तयार पार्दा सम्म संक्रमितको संख्या हवात्तै बढेर १ लाख ४० हजार भन्दा माथि पुगेको छ । त्यस्तै मृतकको संख्या २ हजार ४ सय भन्दा माथि छ । न्युयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या झण्डै ६० हजार पुगेको छ । मृतकको संख्या ९६५ रहेको छ । अमेरिकामा बढदै गएको कोरोना संक्रमणलाई ध्यानमा राखेर स्थानिय सरकारले सामाजिक दुरी कायम नगर्नेलाई ५ सय डलर जरिवना गर्ने जनाएको छ ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















