काेराना समस्याले मारमा परेका नेपाली विधार्थीलाई टेक्ससमा खाद्य सामाग्री सहयाेग

अमेरिका–कोरोनाभाइरस महामारीले समस्यामा परेका नेपाली विद्यार्थीलाई आईबार टेक्ससमा अति आवश्यक सामग्री वितरण गरिएको छ ।
नेपाल जनसम्पर्क समिति वेष्ट च्याप्टर तथा गैरआवासिय नेपाली संघका सल्लाहकार हरिबोल भण्डारीले उपलब्ध गराएको खाद्य सामग्री एनआरएनए टेक्सस च्याप्टरले विद्यार्थीलाई वितरण गरेको हो ।
अर्भिङमा आयोजीत कार्यक्रममा एनसिसिका क्षेत्रीय संयोजक विकास उप्रेतीले एक कार्यक्रमका बीत सामग्री वितरण गरेका हुन । एनआरएनए अमेरिकाले समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उदघोष गरेपछि सल्लाहकार भण्डारीले सहयोग गरेका हुन । यो हामीले पहिलो चरणमा सहयोग प्रदान गरेका हौ’ एनआरएए टेक्सस च्याप्टरका सचिव सोफीन थापाले भने– सहयोगलाई निरन्तर रुपमा अघि बढाउनेछौ ।’ उक्त अवसरमा एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्याल, दिवश थापा, साजन मुल्मी लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा दाल चामल लगायतका खाद्यबस्तुहरु झण्डै २५ जना विद्यार्थीलाई वितरण गरिएको थियो ।
टेक्ससमा कोरोनाभाइसको महामारीले धेरै नेपाली विद्यार्थीको जागीर छुटेपछि समस्यामा परेका छन् । उनीहरुलाई राहत होस भनेर जनसम्पर्क समिति टेक्सस च्याप्टरले यो पहल थालेको हो । समितिका हरिबल भण्डारीले सहयोग गरेका हुन ।