एनआरएनए अमेरिकामा राजनिति हाबी भएपछि संस्था प्रति नै धेरैले प्रश्न उठाएका छन् ।
केही व्यक्तिको मनोमानीमा एनआरएनए आइसिसि डेलिगेट छाने पछि एनआरएनए भित्रको राजनितिक विवाद सतहमा आएको हो । एहनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह सहितको समुहले तेस्रो काठमान्डौ पठाउने नामावलि छनौट गरेपछि क्षेत्रीय उपाध्यक्ष कृष्णजिवि पन्त सहितको १३ सदस्यीय बहुमत कार्यसमितिकै सदस्यले नामवलि ठाडै अस्वीरका गरेका हुन ।
१३ सदस्यीय कार्यसमितिका पदाधिकारीले विज्ञप्ती नै जारी गरी एनआरएनएमा क्रियाशिल र जिम्मेवार व्यक्तिलाई पन्छाएर आफना आसेपासे र नजिकका व्यक्तिलाई नामावलिमा पारेको भन्दै असहमति जनाएका हुन ।
यो असहमति पछि तेस्रो पटक छानिएको नामवलि बैध हुने नहुनेमा अन्यौल सृजना भएको छ । विरोध जनाएको कार्यसमतिका १३ सदस्यीय समितिले एनसिसि अमेरिकाको बोर्ड बैठक बसेर तुरुन्त नामावलि पुर्नमुल्याङकन गरी नया नामावली प्रकाशन गर्न आव्हान गरेको छ । उनिहरुले मनोमानी ढंगले निकालिएको नामावली अबैधानिक भएको भन्दै एनआरएनए आइसिसिलाई समेत समेत गराएका छन् ।
यसबारेमा बिस्तृत बुझन एनआरएए अमेरिकाका अध्यक्ष सुनिल शाह संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । एनआरएनए प्रवक्ता ओम भट्टराई संग बुझन खोज्दा उनले अध्यक्षसंग सम्पर्क नभएकाले यस बारेमा केही बोल्न नमिल्ने बताए ।
नामावलि प्रकाशित गरेर अध्यक्ष शाह सम्पर्कबिहीन भएपछि धेरैले यसलाई नियत माथि प्रश्न खडा गरेको बताएका छन् ।
एनआरएनएका एक जिम्मेवार सदस्यले आफनो नाम उल्लेख नर्गे शर्तम भने–‘राजनिति पद ओगटने जसो गरी नामावलि छनौटमा विवाद नगरे हुन्थ्यो ।’ संस्था जहिले विवादमा आएपछि संस्थाको औचिात्य माथि नै प्रश्न खडा गरेको छ ।
यस अघि पनि एनआरएनए अमेरिकाको चुनावको मुखमा आएर सदस्यताकै विषयमा विवाद बाहिर आएको थियो । काठमान्डौमा हुन लागेको एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनको संघारमा आएर फेरी प्रतिनिधि छनौटको नामावलि विषय विवादित बनेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected