अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमणले अवस्था झनै डामाडोल बनाएको छ ।
अमेरिकामा कोरोनाका कारण संत्रमण हुने र मृत्यु हुनेको संख्या पनि बढेर गएको छ । यो समाचार तयार पार्दा सम्म अमेरिकामा २५०० को ज्यान गइसकेको छ भने १ लाख ४१ हजार भन्दा बढी संक्रमीत भएका छन् ।
वाइट हाउसले चेतावनी दिदै अझै दुई साता अमेरिकाका लागी कोरानाले मुस्किल हुने बताएको छ । यो दुई साता अमेरिकाको अवस्था ज्यादै जटील हुने वाइट हाउसले जनाएको छ । अमेरिकामा संक्रमणबाट एक देखि दुई लाख सम्म मर्ने अनुमान वाइट हाउसले लगाएको छ । अमेरिकाको न्युयोर्क मा त झण्डै ६० हजार संक्रमीत र ९६५ जनाको ज्यान गएको छ । अमेरिकामा कोरोना महामारी बढदै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दुरी कायम गर्नु पर्ने समय सिमा लम्ब्याएका छन् ।
दिनप्रतिदिन संक्रमण बढदै गएपछि आईतबार उनले अप्रिल ३० सम्मलाई सामाजिक दुरी कायम गर्ने अवधि लम्ब्याएका हुन ।
उनले एक दुई साता कोरोनाबाट अमेरिकामा मृतकका सख्या बढने र त्यसपछि अवस्था सहज भएर जाने बताएका छन् ।
अमेरिकामा बढदै गएको कोरोना संक्रमणलाई ध्यानमा राखेर न्युयोर्कको स्थानिय सरकारले सामाजिक दुरी कायम नगर्नेलाई ५ सय डलर जरिवना गर्ने जनाएको छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected