कोरोनाको इपिसेन्टर न्युयोर्कमा नेपालीहरुकाे अवस्था पनि जटील

अमेरिका-चीनबाट सुरु भएको कोरोनाभाइरसको कहर यतिबेला युरोप हुदै अमेरिकामा डढेलो झै सल्किएको छ । बासिङटन राज्यबाट सुरु भएको संक्रमण केही राज्यमा मात्र थियो । तर पछिल्लो क्रममा यो अमेरिकाको ५० वटै राज्यमा यो डढेला सल्केको छ ।
अमेरिकाको प्रसिद्ध सहर न्युयोर्क कोरोना संक्रमणबाट अति प्रभावित बनेको छ । अमेरिकाको आधा भन्दा बढी संक्रमण यही भएको छ । कोरोना संक्रमणबाट धेरैको ज्यान पनि यही सहरमा पुगेको छ । यतिबेला न्युयोर्क कोरोना महामारीको विश्वकै इपिसेन्टर बनेको छ । न्युयोर्क सहर जहा“ नेपाली समुदायहरुको बसोबास पनि त्यतिकै छ । न्युयोर्कमा झण्डै ५० हजार नेपाली रहेको अनुमान छ ।कोरोना संक्रमणबाट नेपाली समुदाय पनि उतिकै प्रभावित बनेका छन् । अहिलेसम्म एक जनाको ज्यान गइसकेका छ भने केही नेपाली अस्पतालमा उपचार गराइरहेका छन् । अतिनै जटील र कोरोनाको केन्द्र बनेको न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुसंग त्यहा“को बस्तुस्थिति, नेपाली समुदायको अवस्थाको बारेमा युएसनेपाल पोष्टका लागी शिव शर्माले कुराकानी गरेका छन् । कोरानाको इपिसेन्टर न्युयोर्कमा रहेका विभिन्न क्षेत्रका व्यक्तित्वहरु संग गरिएको कुराकानी :
न्युयोर्कमा ४० देखि ४५ जना नेपाली संक्रमणले अस्पतालमा छन भन्ने अनुमान छ ,
-पुष्पराज भट्टराई, कार्यबहाक महावाणिज्यदुत
अमेरिकाको न्युयोर्क सहर कोरोनाको इपिसेन्टर बनेको छ । यहा“ थेग्नै नसक्ने गरी कोरोनाको संक्रमण फैलिएको छ । मलाई लाग्छ अमेरिकाको आधा भन्दा बढी कोरोनाभाइरस संक्रमण यही न्युयोर्कमा फैलिएको छ । पछिल्लो मलाई जानकारी आए सम्म यहा“ ४० देखि ४५ जना नेपाली कोरोना संक्रमणबाट अस्पताल भर्ना भएको भन्ने कुरा आएको छ । तर अहिले सम्म आधिकारिक तथ्याङ्क केही छैन । संक्रमित भएर पनि सार्वजनिक नगर्ने र लुकाउने प्रवृत्ति बढी छ । नेपालीले संक्रमीत भएको कुरा धेरैले भित्रभित्रै लुकाउदा आधिकारिक कत्ति छन् भन्ने यकीन तथ्याङ्क कोहीसंग छैन । संक्रमण भएको कुरा सार्वजनिक गरिदिदा अरुलाई पनि यसले सचेतना जोगाउन सहयोग पुग्छ जस्तो मलाई लाग्छ ।
न्युयोर्कमा मूल रुपमा अधिकाशं नेपाली परिवार अर्पाटमेन्ट शेयरिङमा बस्छन् । कोठा शेयरिङ गरेर बस्दानै संक्रमणको खतरा बढ्दो छ । कोठा शेयर गरेर बस्नेहरुले बाथरुम, किचन सबै एउटै प्रयोग गर्ने भएकाले समस्या जटील छ । यसले पनि एउटालाई संक्रमण भएपछि सबैलाई हुने घटना बढीरहेको छ ।
यस्तो बेला सचेताको ज्यादै खाचो हुन्छ । तर पनि यहा“ मान्छे खासै सचेत भएको देखिदैन । सुरुमा हेलचक्रयाईकै कारण समस्या अहिले आएर जटील बनेको हो । नेपाली समुदाय पनि प्रभावित भएकाले यस्तो बेला नेपाली संघसंस्थाहरु पनि एकजुट भएर एउटै कमिटी बनाएर सहयोगको हातेमालो गर्नुपर्ने बेला छ ।
कोरोना प्रभावित नेपालीलाई हामीले संजाल खडा गरेर सहयोग गरिरहेका छौ-
-रामहरि अधिकारी, अध्यक्ष, गैरआवासिय नेपाली संघ, न्युयोर्क
अमेरिकाको अन्यत्र भन्दा न्युयोर्कमा बसोबास गर्ने नेपालीहरुको अवस्था जटील बनेको छ । यस्तो बेला धेरै नेपालीलाई यहा“ सहयोगको पनि खाचो भइरहेको छ । यसैका लागी हामीले कोराना विरुद्ध सचेतना तथा सहयोग समुह संजाल बनाएर आपत परेका नेपालीहरुलाई सहयोग गरिरहेका छौ ।
धेरै संक्रमीत नेपालीहरुले फोन गरेर सहयोगको आव्हान गर्नुभएको छ । तर धेरैले आफनो परिचय दिनुहुदैन । अवस्था दिनानुदिन यहा“ भयावह बनिरहेको छ । नेपालीहरु कतिलाई प्रभाव परेको छैन यकीन विवरण पाउन सकिएको छैन ।
हामीसंग झण्डै सय जना जति प्रभावित नेपालीहरुले फोन सम्पर्क गर्नु भएको छ र हामीले उहा“हरुलाई सहयोग गरेका छौ । अहिले यहा“ घरबाट बाहिर निस्कने अवस्था छैन । कोरोना संक्रमणका कारण यहाँको अवस्था कल्पना गर्न नसक्ने गरी डरलाग्दो बनेको छ । बिरामीको चापले यहाँका धेरै अस्पताल भरिभराउ भइसकेका छन् । अस्पतालमा बेडको अभावले कोरानाका बिरामी घर फर्काएको अवस्था पनि छ । सहरमा विकराल अवस्था बन्दैछ । यसका लागी हामी नेपालीहरु आफै सचेत र सजग हुनुपर्ने देखिन्छ । यो विपतमा हामी नेपालीले एक अर्कोलाई सकेको सहयोग गर्नुपर्छ । संक्रमण भइहाले पनि अस्पतालमा बेड नपाइने अवस्था आइसकेको छ । यही भएर हामीले सामाजिक दुरी कायम गदै यो जटील परिस्थितिमा आफै सतर्क हुनुपर्ने बेला आएको छ ।
न्युयोर्कमा शेयरिङमा बस्ने धेरै नेपाली भएकाले कोरोना संक्रमण फैलिने खतरा बढी छ
-नर्वदा क्षेत्री, अधिकारकर्मि न्युयोर्क
कोरोना महामारीले सबैतिर अस्तव्यस्त छ । सबैका कामकाज ठप्प भएका छन् । लामो समय देखि घरभित्र बस्नु परेको छ । परिवार आफन्त एक अर्कोकोमा जाने आउने बन्द भएको छ । एक प्रकारले भन्दा यो महामारीले एक अर्को बीच दुरी बढाएको छ । धेरैतिर यसले समस्या उत्पन्न गराएको छ ।
न्युयोर्क सहरमा दिनदिनै कोरोनाभाइरस संक्रमणको संख्या गुना चौगुनाले बढेको अवस्था छ । यो महामारीले स्वस्थ मान्छेमा पनि एक खालको मनोवैज्ञानिक त्रास फैलिएको देखिन्छ । अस्पतालमा अहिले चाप बढेको छ । डाक्टरहरुले पनि कोरोनाभाइरस संक्रमण भए पनि ८० प्रतिशत मान्छे मदैनन भन्दै आएका छन् । संक्रमण भइहाले पनि मान्छे सबै मदैनन । बिशेष गरी न्युयोर्कमा अपार्टमेन्ट रेन्ट अधिक महंगो भएका कारण धेरै परिवार मिलिजुली बसेका हुन्छन । यसले पनि संक्रमणको खतरा अहिले बढी नै छ । यसका लागी हामीले केहीलाई होटलमा पनि राखेका छौ । खाना खुवाउने देखि एक ले अर्कोलाई आफुले सक्दो सहयोग गरेका छौ । कागजपत्र बिहिीनलाई पनि यहा“को सरकारले यो महामारीमा कुनै भेदभाव गरेको छैन । प्रभावित नेपालीलाई कसरी सहयोग गर्न सकिन्छ यहा“को सरकासंग लविङ गर्ने काम गरेका छौ । प्रभावित नेपालीलाई कुनै पनि किसिमको कठिनाइ नहोस भनेर हामीले आफनो ठाउँबाट सक्दो सहयोग गदै आएका छौ ।
न्युयोर्कमा कोरोना संक्रमणबाट प्रभावित नेपाली बढीरहेका छन्
-यादव बाँस्तोला, सामाजिक अभियान्ता, न्युयोर्क
न्युयोर्कमा कोरोना संक्रमण फैलिएर नेपाली पनि प्रभावित बनिरहेका छन् । संक्रमीत नेपालीहरु पनि बढीरहेका छन् । यकीन यतिनै भन्ने संख्या त आउन सकेको छैन । धेरै नेपालीहरु बसोबास गर्ने न्युयोर्कमा धेरैले यसबारेमा खुलेर बताएको पाईदैन । हामीले यहा“ नेपालीको अवस्था पनि जटील बन्दै गएपछि सहयोग पुगोस भनेर एउटा नेटवर्क तयार गरेका छौ ।
चार–पा“च दिनको अवधिमा यो नेटवर्कमा १५ सय भन्दा बढी नेपालीहरु जोडिनु भएको छ । यो नेटवर्कको उद्देश्य कोरोनाबाट प्रभावित नेपालीलाई सहयोग गर्नु हो र हामीले सहयोग पनि गरिरहेका छौ । औषधी लगायतका सामग्री वितरण गरेका छौ । संक्रमण भएर घरमै बसेका नेपालीलाई पनि अतिआवश्यक सामान थाहा पाएसम्म पठाइएको छ । धेरैले हामीलाई फोन गरेर सहयोगको आव्हान पनि गर्नु भएको छ ।
तपाईहरुलाई थाहा ने छ न्युयोर्कमा महामारी बढ्दो क्रममा छ । यसबाट प्रभावित नेपालीहरु बढीरहेका छन् । केही अस्पताल त केही धरमै स्वास्थ्यलाभ गरिरहेको अवस्था छ । न्युयोर्कमा सार्वजनिक यातायात पुर्ण बन्द नहुदा पनि यसले संक्रमण बढनुमा बल पुगेको छ । मान्छेमा कत्ति पनि चेतना आएको देखिएन । यतिका संक्रमण र मृत्यु हुदा पनि लार्पावाही उस्तै छ । यहा“को स्थानिय सरकार पनि खासै गंभीर भएको देखिएन । हामी नेपालीहरु धेरै कोठामा एकै ठाउमा बस्दा पनि संक्रमण फैलिरहेको छ । यी यावत कुरामा हामीले सचेतना अपनाउनु पर्छ । यो महामारीबाट जोगिन आफैले ध्यान दिने हो ।
आंशिक सट डाउनले न्युयोर्कको अवस्था भयावह बन्दैछ
-दिनेशजंग शाह, न्युयोर्क, पत्रकार
न्युयोर्कको पछिल्लो अवस्था कोरोना महामारीले डरलाग्दो बनेको छ । यो अवस्थाले यहा“ सबै नौलो लाग्न थालेको छ । मूख्य कुरा यहा“ यो विकराल अवस्था आउनुमा स्थानिय सरकार पनि जिम्मेवार छ की जस्तो लाग्छ । सट डाउन भनिएको छ, त्यो कुनै अर्थमा पनि परिपालन भएको देख्दिन । रेल चलेको छ, बस पनि उस्ते चलेको छ । मान्छे बेपर्वाह हिडीरहेका छन् । सट डाउन कडा कार्वाही गर्ने खालको छैन । यहा“को सट डाउनलाई मेयरले पनि मानेको अवस्था छैन ।
अहिले म बस्दै आएको क्वीन्स क्षेत्र अति प्रभावित बनेको छ । यहा“ नेपालीहरुको संख्या पनि उल्लेख्य छ । संक्रमणको दर घटने भन्दा पनि बढीरहेको अवस्था छ । सबैतिर अन्यौय देखिन्छ । नेपालीहरुमा त्रास बढीरहेको छ । न्युयोर्कमा संक्रमणका रोगीहरु बढेका छन् । नेपालीहरु के कति संक्रमित भए भन्ने यकीन तथ्याङक कसैसित छैन । नेपालीको जनसख्या पनि न्युयोर्कमा उल्लेख्य रहेकाले के कति प्रभावित भए अनुमान लगाउने अवस्था छैन ।
केवल अनुमानका भरमा यति छन् भनिएको छ । त्यसो त तथ्याङ्क निकाल्न पनि मुस्किल छ, सबैले पोजेटिभ भएको कुरा खोलेको पाइदैन । यहा“ विकराल अवस्था कहिले सम्म लम्बिने हो केही थाहा छैन । कोरोनाको यो महामारीले सबै अस्तव्यस्त बनेको छ । मूल कुरा सर्वसाधारणमा चेतनाको कमी देखिएको छ । जतापनि खुल्मखुला हिडीरहेका छन्, प्रवाह केही गरेका छैनन । यसैको परिणाम अहिले भोग्नु परेको छ । यति भइसक्दा पनि अझै लक डाउन नाम मात्रको भएको छ । यो अवस्थाको अन्त्य छिटै भइदिए धेरैलाई सहज हुने थियो । तर परिस्थिति दिनदिनै बिग्रदै गएको छ ।
कोरानाले हामी अप्ठ्यारो अवस्थामा छौ
-हरिशचन्द्र हमाल, स्वास्थ्य विमा अभिकर्ता
अहिले हामी धेरै अप्ठ्यारो अवस्थामा छौ । कोरोनाभाइरसकै महामारी फैलिएको सहरको बीचमा छौ । संक्रमणले पुरै न्युयोर्क सहर डढेलोले डढेको छ । धेरै मान्छे यो भाइरसका कारण त्राहीमान छन् । नेपाली समुदायको अवस्था पनि दयनिय बनिरहेको छ । कोरोनाले सबैतिर बेहाल बनाएको छ । लामो समय देखि घरभित्र थुनिएर बस्नु परेको अवस्था छ । दिनदिनै न्युयोर्कमा संक्रमण र मृतकको संख्या बढेको बढ्यै छ ।
नेपालीहरुमा पनि कोरोना संक्रमण फैलिदै गएको छ । कतिपयले आफु संक्रमण भएको कुरा गोप्य राखेका छन् । केही यहा“का अगुवा नेपालीले आफु संक्रमणमा परेको खुल्ला रुपमा सार्वजनिक पनि गर्नु भएको छ । न्युयोर्कमा कोरोनाका कारण हामीले एक जना हनोहार सामाजिक अभियान्तालाई गुमाएका छौ ।
न्युयोर्कमा सबै भन्दा जटील विषय भनेको धेरै नेपालीहरु कोठामा मिलेर शेयरिङमा बसेका छन् । यसले पनि एउटा काममा जाने र अरु घरमै बस्ने अवस्थाले पनि कोराना संक्रमण बढने अवस्था छ । कोरोनाको यो कहरमा सबै भन्दा जटील समस्या धेरै नेपालीहरु यहा“ शेयरिङमा बसेका छन् । यसले एक जनालाई भएपपछि सबैलाई हुने अवस्था छ । अस्पतालले ठाउ नभएर बिरामी फर्काएको अवस्था छ । म झण्डै २१ वर्षदेखि न्युयोर्कमा रहेर स्वास्थ्य विमा गराउदै आएको छु । यो अवधिमा २५ हजार भन्दा बढीको विमा गराएको छु । अहिले घरभित्र बसेर पनि अनलाइनबाट स्वास्थ्य विमाको काम निरन्तर गरिरहेको छु ।