काेराेना अपडेट: टेक्ससमा ३ हजार बढी काेराेना संक्रमण, ४९ को मृत्यु
अमेरिका– कोरोनाभाइरस संक्रमणले दिनानुदिन अमेरिकाको अवस्था भयावह बन्दै गएको छ । संक्रमणको संख्या गुना चौगुनाले बढने क्रममा छ ।
नेपालीहरुको अधिका बसोबास रहेको टेक्सस राज्यमा पनि कोरोना संक्रमण दर बढीरहेको छ । यो समाचार तयार पार्दा सम्म टेक्सस राज्यमा ३, ३५१ संक्रमण भेटिएको छ । कोरोना संक्रमणबाट ४९ जनाको ज्यान गएको छ । मंगलबार बिहान सम्मको सरकारी तथ्याङ्कन अनुसार टेक्ससमा ३५ हजार ८८० जनाको कोरोना परीक्षण गरिएको छ ।
टेक्ससको सबै भन्दा प्रभावित हयुस्टन क्षेत्र बनेको छ । यहा“ अहिले सम्म एक हजार भन्दा बढी कोरोना संक्रमण भेटिएका छन् भने ११ जनाको ज्यान गएको जनाइएको छ । टेक्ससको ड्यालस, ट्राभिस, डेन्टन, बेक्सर, ट्यारेन्ट, कोलिन, ग्यालभस्टन, फोटेन्ट लगायत बढी प्रभावित भएका छन् ।
टेक्ससको ड्यालस काउन्टीमा ५ सय संक्रमीत र ११ जनाको ज्यान गएको छ भने ट्यारेन्ट २०० संक्रमीत भएका छन् । त्यस्तै डेन्टनमा १९१ संक्रमीत, कोलिनमा १६० छन् ।
स्थानिय स्वास्थ्य संस्थाले जारी गरेको जारीे तथ्याङक अनुसार टेक्ससमा संक्रमणको संख्या बढ्दो छ ।
टेक्ससमा केही नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको हल्ला चले पनि यसको आधिकारिक पृष्टि भने हुन सकेको छैन । नेपालीहरुले संक्रमणलाई भएको लुकाएका छन् ।
टेक्ससमा छोटो समयमा कोरोनाभाइरस फैलिन थालेपछि स्थानिय सरकारले केही काउन्टीलाई लक डाउन समेत गरेको छ ।
टेक्ससको ड्यालस काउन्टी पछिल्लो क्रममा बढी प्रभावित बनेको छ । संक्रमण र मृतकको संख्या पनि यही काउन्टीमा भेटिएको छ ।
टेक्ससमा कोरोनाभाइरस फैलिदै गएपछि सर्वसाधारणमा त्रास बढेर गएको छ । बजारमा चहलपहल घटदै गएको छ । होटल रेष्टुरेन्ट लगायत अन्य व्यापार व्यवसायहरु सुनसान बन्दै गएका छन् । स्कुल कलेज बन्द छन् ।