संसारमै स्वास्थ्य क्षेत्रमा अब्बल अमेरिकामा कोरोनाका कारण गहिरो संकट

अमेरिका–संसारमै स्वास्थ्य क्षेत्रमा समेत अब्बल मानिएको अमेरिका यतिबेला कारोना भाइरसका कारण गहिरो संकटमा पुगेको छ ।
कोरानाका कारण सबैतिर बस्तुस्थिति नाजुक बन्दै गएपछि अमेरिका यतबेला ज्यादै नै संकटकोट अवस्थामा पुगेको हो । चिकित्सकार्मिहरुले आउने दिनमा यसको संक्रमणले हजारौ रोगीहरुका लागी हेरबिचार गर्ने अवस्था आउन सक्ने अनुमान गरेका छन् । यसैलाई ध्यानमा राखेर खुल्ला मैदान, सम्मेलन केन्द्र तथा घोडा दौडको मैदानलाई अस्थायी अस्पताल बनाउने तयारी समेत भइरहेको समाचार एजेन्जीहरुले जनाएका छन् ।
ट्रम्प प्रशासनले समेत यी सबै त.खतरासंग जुध्न पछिल्लो क्रममा आएर आफनो सबै शक्ति यसैमा लगाएको छ । ढिलै भएपनि ट्रम्प प्रशासनले कोरोना भयावहलाई कम गर्न अग्रसरता देखाएको छ । ट्रम्प प्रशासनले सेवानिवृत्त चिकित्सकहरुसंग समेत यसका लागी सहयोग मागेको छ । अमेरिकी सेनाका इन्जिनियर पुरै देशमा युद्धस्तरमा अस्थायी अस्पताल बनाउन जुटीसकेको छ । स्वास्थ्य केन्द्रका लागी बृहत मानिएको न्युयोर्क अहिले झनै कठिन मोडमा पुगेको छ । जंगलमा लागेको आगो झै फैलिरहेको कोरानाले अमेरिकाको अन्य राज्यमा पनि न्युयोर्ककै हालत हुने हो की भन्ने चिन्ता बढेर गएको छ ।
आगामी दिनमा अस्पतालमा संक्रमीतहरुको संख्या तिव्र रुपमा बढने आंशकालाई ध्यानमा राखेर धेरै सहरहरुको अस्पतालमा हजारौको संख्यामा अतिरिक्त बेड, भेन्टिलेटर तथा अन्य चिकित्सा संग सम्बन्न्धीत उपकरणहरुको व्यवस्था गर्ने तयारी सुरु भएको छ । अमेरिकी सेनाले अस्थायी अस्पताल बनाउन थालीसकेका छन् । सम्मेलन केन्द्र र खेलमैदान अस्थायी अस्पतालमा परिवर्तन हुदैछ ।
न्युयोर्कमा कार्यरत चिकित्सकहरुको हवाला दिदै अन्तराष्ट्रिय संचारमाध्यमले जनाए अनुसार कोरोनाका कारण गंभीर बिरामी परेकाकालाइ डायलसिसको आवश्यकता छ तर पर्याप्त मेसिन अस्पतालमा छैन ।
स्वास्थय अधिकारीहरुका अनुसार अमेरिकामा कोरोना संक्रमीतहरुको सख्या आउने दुई महिनामा धेरै लाख पुग्न सक्ने देखिएको छ । यसरी बढदै गएको संकटलाई कम गारउन उनिहरुको हेरचाह र आइसियुको जरुत छ । पछिल्लो जानकारी अनुसार अमेरिकामा कोरोना संक्रमीतको संख्या १ लाख ८३ हजार भन्दा बढी पुगेको छ । मृतककको संख्या ३ हजार ७ सय भन्दा बढी छ ।
तस्वीर एजेन्सी