अमेरिका–रातभर जागा रहने न्युयोर्क सहर यतिबेला थला परेको छ । कोरोनाभाइरसको संक्रमणले सहरलाई थला पारेको हो । नेपाली समुदायका अधिक बसोबसा रहेको न्युयोर्क सहरमा संक्रमण र मृतकको संख्या पनि बढेर गएको छ ।
कोरोनाको संक्रमणमा नेपालीहरु पनि परेका छन् । कोरोना संक्रमणमा परेर एक जना नेपालीले ज्यान गुमाउनु परेको छ । कतिपय अझै अस्पतालमा उपचारका क्रममा त कोही घरमा आराम गरिरहेका छन् । आफु संक्रमणमा परेकाे केहिले सार्वजनिक पनि गरेका छन । तिनै सार्वजनिक गरेरकाहरुले नै काेरानासंग लडेर जीत हासिल गरेका छन ।

निमा शेर्पाकाे परिवार

न्युयोर्कमा लोकप्रिय मानिएका फोटो ग्राफर शम्भु मोक्तानले कोरोनालाई जितेका छन् । अस्पतालमा उपचार पछि उनी घर फर्किएका छन् । घर फर्किएपछि उनलाई विभिन्न मिडियामा अन्तवार्ता दिन भ्याइनभ्याई भयो । उनले अन्तवार्ताका क्रममा भने– कोरानाले ज्यान गइहाल्दैन, धैर्यता र आत्मविश्व्ँँसको खाचो छ ।’ हो त उनमा भएको आत्मविश्वासले आज उनले कोरोनाको महामारीलाई जितेर घर फिरेका छन् ।

फाेटाेग्राफर शम्भु माेक्तान

न्युयोर्ककै एक अगुवा सामाजिक अभियान्ता जीवन बम पनि कोरोनासंग लडदै अस्पतालबाट घर फर्केका छन् । न्युयोर्कको माउन्ट सेन्नई अस्प्तालमा उपचार गराइरहेका बम मंगलबार घर फर्किएका छन् ।

कोरोनासंलडदै अझै पनि केही नेपालीहरु न्युयोर्कका विभिन्न अस्पतालमा रहेका छन् । न्युयोर्कका कार्यबहाक महावाणिज्यदुत पुष्पराज भट्टराईका अनुसार न्युयोर्कमा झण्डै ४५ जना नेपालीहरु विभिन्न अस्पतालमा कोरोनाका कारण उपचार गरिरहेको अनुमान छ ।

जीवन बम

 

तस्वीर सामाजिक संजाल

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected