अमेरिकामा कोरोनाले ९÷११को आतंककारी हमला भन्दा धेरै मान्छे मरे

अमेरिका–अमेरिकामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढदै गएर अवस्था झनै भयानक बन्दै गएको छ ।
अमेरिकामा बुधबार बिहान सम्मको आकडा अनुसार ४ हजार भन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै संक्रमण हुनेको संख्या १ लाख ९१ हजार भन्दा बढी पुगेको छ । कोरोनाबाट ठिक भएकाको सख्या ७ हजार ४१ मत्रै छ । मृतकको यो संख्या अमेरिकामा सन् २००१ सेप्टेम्बर ९ को आतंंककारी हमलाबाट मृत्यु भएको संख्या भन्दा अधिक छ । स्वाथ्य अधिकारीहरुका अनुसार अमेरिकामा यो महामारीबाट एक लाख देखि दुई अमेरिकनहरुको ज्यान जान सक्ने छ ।
अमेरिकामा सन् २००१ म आतंकारी अलकायदाको हमलामा झण्डै ३ हजार अमेरिकनहरुको ज्यान गएको थियो । अमेरिकामा अहिले कोविड–१९ बाट मर्ने सख्या चीन भन्दा अधिक छ । यो घातक भाइरसको जन्म भने चीनमै भएको थियो । तर अहिले चीनले करिब करीब यसलाई नियन्त्रण गरिसकेको छ । चीनमा अहिले सम्म यो भाइरसबाट मर्नेको सख्या ३ हजार ३१२ रहेको छ भने संक्रमीत ८१ हजार रहेको छ । विश्वभरी कोरोना संक्रमण झण्डै ९ लाख पुग्न लागेको छ भने मृतकको संख्या ४४ हजार भन्दा बढी पुगेको छ ।
कोरोना भाइरसको आकडामा अमेरिका, इटली र स्पेन पछि चीन चौथो नम्बरमा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ःड ट्रम्पले दुई साता अमेरिकाका लागी धेरै ठुलो संकट र कठिन अवस्था हुने बताएका छन् ।
वाइट हाउसकै सदस्यले अझै कुनै कदम नउठाएर मृतकको संख्या धेरै बढने अनुमान छ । उनीहरुको अनुसार मृतकको संख्या १.५ देखि २.२ मिलियन हुन सक्छ । उनिहरुले सामाजिक दुरी नै यो भाइरसको रोकथामको एउटा मात्रै विकल्प रहेको बताएका छन् ।

संसारमै स्वास्थ्य क्षेत्रमा समेत अब्बल मानिएको अमेरिका यतिबेला कारोना भाइरसका कारण गहिरो संकटमा पुगेको छ ।
कोरानाका कारण सबैतिर बस्तुस्थिति नाजुक बन्दै गएपछि अमेरिका यतबेला ज्यादै नै संकटको अवस्थामा पुगेको हो । चिकित्सकार्मिहरुले आउने दिनमा यसको संक्रमणले हजारौ रोगीहरुका लागी हेरबिचार गर्ने अवस्था आउन सक्ने अनुमान गरेका छन् । यसैलाई ध्यानमा राखेर खुल्ला मैदान, सम्मेलन केन्द्र तथा घोडा दौडको मैदानलाई अस्थायी अस्पताल बनाउने तयारी समेत भइरहेको समाचार एजेन्जीहरुले जनाएका छन् ।
ट्रम्प प्रशासनले समेत यी सबै त.खतरासंग जु“ध्न पछिल्लो क्रममा आएर आफनो सबै शक्ति यसैमा लगाएको छ । ढिलै भएपनि ट्रम्प प्रशासनले कोरोना भयावहलाई कम गर्न अग्रसरता देखाएको छ । ट्रम्प प्रशासनले सेवानिवृत्त चिकित्सकहरुसंग समेत यसका लागी सहयोग मागेको छ । अमेरिकी सेनाका इन्जिनियर पुरै देशमा युद्धस्तरमा अस्थायी अस्पताल बनाउन जुटीसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected