सिमित सख्याका कारण सबैलाई प्रतिनिधि छनौट गर्न सकिएन– अध्यक्ष सुनिल शाह

एनआरएनएको काठमान्डौ प्रतिनिधि पठाउने नामावली विरोध भइरहेका बेला एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले सिमित संख्याका कारण सबैलाई प्रतिनिधी छनौट गर्न नसकिएको प्रष्ट पारेका छन्
भर्खर मात्रै फेसबुकबाट विज्ञप्ती जारी गदै अध्यक्ष शाहले प्रतिनिधी छनौट प्रकृयामा अन्यथा नबुझिदिन आग्रह गरेका छन् । उनले भने– ‘यो एउटा प्रकृया हो तपाई सबैले ग्रहण गर्नुहुनेछ ।’ उनले डेलिगेट बन्न आवेदन दिएका सबैलाई समेटने नसकिएको बताए ।
उनले प्रतिनिधि छनौटलाई एउटा आइसिसिले निर्धारण गरेको प्रकृयाको रुपमा बुझिदिन उनले सबैलाई आग्रह गरेका छन् ।
उनले प्रतिनिधी भएका नभएका सबैले विश्व सम्मेलनमा भाग दिने अधिकार राख्ने भएका छन् । आगामी दिनमा सदस्य संख्या थप गदै प्रतिनिधी सख्या बढाउने पहल गर्ने उनले बताएका छन् । उनले सम्मेलनको बन्द सत्र र चुनावी कार्यक्रममा सहभािगताका लागी एउटा औपचारिक तर बाध्यात्मक अवस्थाका कारण प्रतिनिधी व्यवस्था अन्तराष्ट्रिय समन्वय परिषदले गरेको छ । परिषदमा रहेका आफना सदस्य सख्याको हिसाबले सम्मेलनमा सहभागि हुने प्रतिनिधीको सख्या परिषदले सबै राष्ट्रिय समन्वय परिषदलाई तोकी पठाएको सबैलाई जानकारी भएको उनले बताए । उनले यसै क्रममा अमेरिकाबाट प्रतिनिधी चयन गरी पठाउनु पर्ने अवस्थाका कारण नामावलि पठाइएको विज्ञप्तीमा जनाएका छन् ।
उनले फेसबुक मार्फत जारी गरेको विज्ञप्तीको पुर्ण पाठ
आदरणीय अमेरिकाबासी गैर आवासीय नेपाली आमा, बुबा, दाजुभाई तथा दिदि बहिनीहरु
संस्थाका सम्मानित सदस्यहरु, सम्पूर्णमा नमस्कार ।
गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आउँदो अक्टुबरको १५ देखि १७ सम्म मातृभुमी नेपालमा हुँदैछ । हामी गैर आवासीय नेपालीको भरपूर सहभागितामा त्यो सम्मेलन सफलता पूर्वक सम्पन्न हुने नैं छ । अमेरिकामा रहेका हामी एनआरएनहरुको समेत सम्मेलनमा उल्लेख्य उपस्थिति रहने छ भन्ने विश्वास मैले गरेको छु ।
सम्मेलनको बन्द सत्र र चुनावी कार्यक्रमहरुमा सहभागिताका निम्ति एउटा औपचारिक तर बाध्यात्मक अवस्थाका कारण प्रतिनिधिको व्यवस्था अन्तराष्ट्रिय समन्वय परिषद्ले गरेको छ । राष्ट्रिय समन्वय परिषद्हरुमा रहेका आफ्ना सदस्यको संख्याको हिसावले सम्मेलनमा सहभागि हुने प्रतिनिधिको संख्या अन्तराष्ट्रिय समन्वय परिषद्ले सबैं राष्ट्रिय समन्वय परिषद्लाई तोकी पठाएको यहाँहरु सबैंमा जानकारी रहेकै छ ।
र त्यसमा पनि केही व्यक्तिहरु स्वत: प्रतिनिधि बन्ने व्यवस्था रहेको पनि सबैंमा विदितैं छ । त्यस क्रममा हाम्रो अमेरिकाबाट समेत प्रतिनिधि चयन गरी पठाउनुपर्ने अवस्थाका कारण प्रतिनिधिको चयन गरिएको छ । सर्वप्रथम प्रतिनिधि चयन गर्ने प्रक्रियामा विभिन्न ठाउँवाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने र प्रतिनिधि छनौट प्रक्रियालाई सहजीकरण गर्नका लागि एनआरएनए एनसिसीबाट बनाइएको आन्तरिक समितिलाई समेत धन्यवाद दिन चाहन्छु ।
प्रतिनिधि बनाउन सकिने सिमित संख्याका कारण चाहँदा चाहँदैं पनि सबैंलाई प्रतिनिधिको रुपमा छनौट गर्न नसकिएकोमा सम्बन्धित सबैंमा यसलाई अन्यथा नबुझिदिनका निम्ति हार्दिक आग्रह गर्न चाहन्छु र मलाई विश्वास पनि छ कि तपाईहरु सबैंले यसलाई केवल एउटा प्रक्रियाको रुपमा ग्रहण गर्नुहुनेछ । हामीले चाहेर पनि डेलिगेट्स बन्न चाहेर आवेदन दिनुभएका सम्मानित सदस्य सबैलाई समेट्न सक्ने थिएनौ यसलाई त्यही रूपमा बुझिदिनु हुनका नििम्त पनि अनुरोध गर्दछु । र विशेष आभार व्यक्त गर्न चाहन्छु तपाई सम्पूर्ण जसले प्रतिनिधि बन्नका लागि चासो व्यक्त गर्नुभयो ।
प्रतिनिधि बन्नु भएका वा नबन्नुभएका अथवा प्रतिनिधि बन्न आवेदन नदिनुभएका तपाई सबैं एनआरएनए अमेरिकाका सम्मानित सदस्य हुनुहुन्छ । एनआरएन अभियानमा तपाई सबैंको उत्तिकैं भूमिका र सक्रियता रहेको छ । त्यसैले प्रतिनिधि छनौटलाई एउटा आइसिसीले निर्धारण गरेको प्रक्रियाको रुपमा मात्र बुझिदिनका निम्ति सबैंमा आग्रह गर्दछु । आगामी दिनमा संस्थाको सदस्य संख्या थप्नका लागि हामी सबैंले पहल गर्न सक्दा प्रतिनिधिको संख्या पनि बढी पाउनेछौं त्यसले पनि आगामी दिनमा हामीहरु मध्ये अझ धेरैंको प्रतिनिधिको रुपमा सहभागिता रहनेछ ।
प्रतिनिधि भएका वा नभएका हामी सबैं एनआरएनए विश्व सम्मेलनमा सहभागि हुने अधिकार राख्दछौं म सबैंलाई सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनका निम्ति पनि अनुरोध गर्दछु ।
आउँदो सम्मेलनबाट अमेरिकाले यथेष्ट पदहरुमा विजयी हासिल गर्न सकोस् त्यसका निम्ति आ आफ्नो स्थानबाट भूमिका खेल्न पनि सम्पूर्णमा अनुरोध गर्दछु । नेपाल जानुहुने तपाई सबैंको बसाई सुखद र रमाइलो बन्न सकोस् हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।
अन्त्यमा, आउँदैं गरेको बिजयादशमीको अवसरमा देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, अमेरिका