प्रिया राना

ब्राजिल-बिश्व भरिनै कोरोना भाइरस   को महामारी फैलिदा ब्राजिलमा पनि यस भाइरस को सिकार हुन पुगेको छ । 

बिश्वको लगभग सबै देशमा फैलिसकेकाे  यो भाइरस ब्राजिलमा पनि मार्चकाे पहिलाे साता  देखि  संक्रमण शुरु भएकाे हाे। ।

यो भाइरस अहिले झन्डै एक महिनामा २४०  जनाले ज्यान गुमाइ सकेका छन भने लगभग ६९००  जना यो भाइरस बाट संक्रमीत भएका छन् । जनसंख्या हिसाबले बिश्वको पाँचौ ठुलो झन्डै २० करोड जनसंख्या भएको यो देशमा पनि दिन प्रती दिन संक्रमीत र मृत्यु हुनेको संख्या बढदै गएकाले सबै आम मानिसहरू डर र त्रासले गर्दा आफुलाइ घर मै बन्दी गराउनु परेको छ। 

समयमै सरकारले लक दाउन गरेको हुदा ब्राजिलले त्यति क्षती बेहोर्नु परेको त छैन तर पनि लक दाउनको अवस्थामा कतिपय मानिसहरु अतेर गरेर आफू खुशी गर्दै खुलेआम हिड्नेहरु प्रसस्त देखिएको छ। एकातिर मास्क, पन्जा, सेनिटाइजर  को अभाव बेहोर्नु परेको छ भने कतै पाइहाले नि महगो भाउ तिर्नु परेको छ।

यस्तै लक डाउनले  गर्दा घरायसी समानहरुको पनि अभाव खेप्नु परेको छ कहि कतै खोलीएका पसलहरुमा पनि महँगो मुल्य तिर्नु परेको छ। 

नेपालीहरु न्युन संख्या  थयभएको यो देशमा कोरोना भाइरसको कारण विभिन्न ब्यापार ब्यावसाय गरि बसेका नेपालीहरु बध्याताले सबै  बन्द गर्नु परेको छ। अहिले यो अवस्थामा बिश्वभर नै पैसा भन्दा ठुलो आफ्नो ज्यान कसरी जोगाउने भन्दै आफुले आफुलाइ घर मै कैदी गर्नु परेको छ। तर समयमै कोरोना भाइरस को उचित सचेतना र त्यस बाट कसरी बच्ने भन्ने कुरामा ध्यान दिइएन भने ब्राजिलले पनि इटाली, स्पेन, चाइना, फ्रान्स, इरान जस्तै  देशहरूले भोगे जस्तो क्षति बेहोर्नु नपर्ला भन्न सकिँदन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected