कोराना अपडेट: विश्वमा कहाँ कतिको मुत्यु र संक्रमण (विवरण सहित)

अमेरिका– विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसले यतिबेला सबैतिर अवस्था ज्यादै नाजुक बनेको छ ।
अहिले सम्म विश्वमा कोरोनाभाइरसबाट ४९ हजार २ सय ७९ जनाको ज्यान गइसकेको छ भने ९ लाख भन्दा बढी मानिस यसको संक्रमणमा परेका छन । अमेरिका विश्वमै संक्रमणमा पहिलो नम्बरमा आएको छ । अमेरिकामा यो समाचार तयार पार्दा सम्म २ लाख १७ हजार भन्दा बढ संक्रमण पुगेको छ मुत्युको संख्या ५ हजार बढी छ ।
विश्वमै कोरोनाबाट मृत्यु हुने अधिक इटली छ । इटलीमा अहिले सम्म १३ हजार बढीको ज्यान गएको छ । संक्रमणको संख्या यहा“ १ लाख १० हजार बढी छ । संक्रमणको हिसाबले स्पेन तेस्रो नम्बरमा छ । स्पेनमा १० हजार बढीको मृत्यु भएको छ भने संक्रमण एक लाख दस हजार बढी छ । संक्रमणको हिसाबले चीनलाई समेत उछिन्दै जर्मनी चौथो नम्बरमा आएको छ । जर्मनीमा ८१ ह्जार ७ सय बढी संक्रमीत छन् भने चाइनामा ८१ हजार ५ सय ंसंक्रमण छ ।
चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको महामारी अहिले विश्वका करीब करीब सबै राष्ट्रमा डढेलो झै सल्किएर फैलिएको छ ।
कोरोना अति प्रभावित मुलुकहरु यस्ता छन् ।
अमेरिका– अमेरिकामा अहिले विश्वमै कोरोनाबाट प्रभावित पहिलो मुलुक बनेको छ । अमेरिकामा अहिले सम्म ५, १५४ को ज्यान गएको छ भने संक्रमणको संख्या दुई लाख भन्दा बढी छ । अमेरिकाको सबै भन्दा बढी न्युयोर्कमा महामारी छ । न्युयोर्कमा २ हजार बढीको ज्यान जानुका साथै संक्रमणको संख्या ८४ हजार बढी छ ।
इटली–अमेरिका पछि दोस्रो कोरोना प्रभावित मुलुक युरोपको इटली हो । यहा“ अहिले सम्म १३ हजार १ सय ५५ को ज्यान गएको छ भने १ लाख १० हजार भन्दा बढी संक्रमणबाट गुज्रिएका छन् ।
स्पेन– कोरोनाभाइरस तेस्रो संक्रमीत स्पेन बनेको छ । यहा“ १० हजार भन्दा बढीको ज्यान गएको छ । १ लाख १० हजार भन्दा बढी संक्रमीत छन् ।
जर्मनी –युरोपकै जर्मनी कोरोना संक्रमणको हिसाबल चौथो नम्बरमा आइपुगेको छ । यहा“ झण्डै एक हजारको ज्यान गएको । त्यस्तै संक्रमणको संख्या ८१ ह्जार ७ सय बढी छ ।
चीन–कोरोनाको सुरुवात भएको मुलुक चीन अहिले पहिलो पा“चौ नम्बरमा झरेको छ । यहा“ करीब करीब कोरोना नियन्त्रणमा आएको छ । ३ हजार ३ सय १८ जनाको मृत्यु र ८१ हजार ५ सय भन्दा बढी संक्रमण छ । तर यो संख्या केही साता देखि बढेको छैन
फ्रान्स– युरोपको फ्रान्स पनि कोरोनाबाट प्रभावित बनिरहेको छ । फ्रान्समा अहिले सम्म ४ हजार ३२ जनाको ज्यान गएको छ । ५६ हजार भन्दा बढी संक्रमीत बनेका छन् ।
इरान– खाडी मुलुक इरान पनि कोरोनाबाट प्रभावित बनेको छ । यहा“ अहिले सम्म ३ हजार १६० जनाको ज्यान गएको छ । इरानमा ५० हजार भन्दा बढी संक्रमीत भेटिएका छन् ।
बेलायत–बेलायत अहिले सम्म २ हजार ९ सय बढीको जनाको ज्यान गएको छ । ३३ हजार ७ सय भन्दा बढी संक्रमीत बनेका छन् ।
स्वीजरल्यान्ड–युरोपको अर्को सुन्दर सहर स्वीजरल्यान्ड पनि कोरोनाबाट प्रभावित बनेको छ यहा“ अहिले सम्म ५२२ जनाको ज्यान गएको छ । संक्रमणको संख्या १८ हजार बढी छ ।
यी संगै टर्की, बेल्जियम, नेदरल्यान्ड अस्ट्रिया, क्यानडा, दक्षिण कोरिया, पोर्चुगल लगायतका मुलुक पनि प्रभावित बनेका छन् ।