अमेरिका– कोरोना महामारीले मेला सेमिनार लगायतका जमघट हुन छाडेपछि सामाजिक संजाल मार्फत अमेरिकामा सचेतना कार्यक्रमहरु धमाधम हुन थालेका छन् ।
गैरआविसय नेपाली संघ (एनआरएन)ले अमेरिकामा रहेका नेपाली समुदायलाई कोरोनाबाट जोगिन र सजनता अपनाउन अनलाइन तथा सामाजिक संजाल नियमित कार्यक्रम गदै आएको हो ।
अहिलेको कठिन घडीमा प्रत्यक्ष सहभागी भएर कुनै पनि कार्यक्रम गर्ने अवस्था नरहेकोले हामीले फेसबुक लाइभ मार्फत सचेतनामुलक कार्यक्रम गदै आएका हौ’ गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनिल शाहले भने–समुदायलाई सचेतना जोगाउन यतिबेला हामीले आफनो ठाउ“बाट प्रयास जारी राखेका छौ ।’
उनका अनुसार एनआरएनए अमेरिका केन्द्र देखि शाखा च्याप्टरले कोरोना भाइरसबाट प्रभावित तथा अन्य अप्ठयारोमा परेका नेपालीहरुलाई सहयोग पनि गदै आएको छ ।
एनआरएनएकै पहलमा कोरोनाबाट संक्रमीत र यसबाट प्रभावित नेपालीलाई सहयोग गर्न गोफन्ड खाता पनि खोलिएको छ । यसमा एनआरएनका विभिन्न व्यक्त्त्विहरुले सहयोग गरेका छन् । ९ हजार डलर भन्दा बढी रकम सकलन भइसकेको छ ।
कोरोना प्रभावित नेपालीलाई सहयोग गर्न हेल्प डेस्क संचालन देखि आफनो हटलाइन नम्बर ८४४ ६७६ २८७२ उपलब्ध गराएर नेपालीका विभिन्न समस्याहरुलाई विभिन्न विज्ञबाट उत्तर दिने प्रवन्ध समेत एनआरएनए अमेरिकाले मिलाएको छ । अध्यागमन, कानुनी परामर्श देखि कलेज तथा विद्यार्थीका समस्यालाई विज्ञहरुबाट सुल्झाउने काम गरेको छ ।
अध्यक्ष सुनिल शाहको संयोजकत्वमा कोविड–१९ टाक्स फोर्स गठन गरेर नेपाली समुदायलाई सहयोगी भुमिका अगाडी बढाइरहेको एनआरएनए अमेरिकाले जनाएको छ । गोफन्ड मार्फत उठेको सहयोग रकम कोरोना प्रभावित न्युयोर्कका नेपालीलाई खाना औषधी लगायत रकम प्रदान गर्ने जनाइएको छ ।
एनआरएए अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेलको संयोजकत्वमा स्वास्थय स्वयः सेवी कमिटि मार्फत हटलाइन मार्फत नेपालीहरुलाई परेका स्वास्थ समस्याका बारेमा जानकारी गराउने काम गरिरहेको छ
नेपाली विद्यार्थीहरुलाई परेको समस्यालाई हल गर्ने टिम देखि विज्ञान, प्राविधी देखि विभिन्न कमिटीहरु बनाएर समुदायको हितमा अग्रसर भइरहेको छ । अमेरिकी सरकारले दिने राहत देखि नेपाली दुताबास संग समन्वय गरी अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न हातेमालो गरिएको अध्यक्ष शाहले जानकारी दिए ।
कोरोना सम्बन्धी जन स्वास्थ बारे जानकारी दिन डा केशब पौडेल डा सन्जीव सापकोटो डा चिरञ्जीवि भट्टराई संग प्रत्यक्ष फेसबुक लाइभमार्फत समुदायलाई अवगत गराइएको थियो । एनआरएनको विज्ञान टाक्स फोर्सले फेसबुक लाइभमा डा किरण गजुरेल, डा तारा सिग्देद र डा तोया दाहालले विविद्य जानकारी दिएका थिए । एनआरएनएको युवा विद्यार्थी टाक्स फोर्सले विश्वविद्यालयका प्राध्यापक डा रिल्ली वाइट संग मिलन जे कटुवालले फेसबुक लाइभ मार्फत जानकारी दिएका थिए ।
नेपाली विद्यार्थीको कठिनाइका बारेमा विद्यार्थी टाक्स फोर्सले कार्यबहाक महावाणिज्यदुत पुष्पराज भट्टराई र विआर लामाले लाइभ मार्फत विभिन्न अवस्थाका बारेमा जानकारी दिएएको थियो ।
कोरानाले इमिग्रेसनमा पारेको असरको बारेमा एनआरएनएले बासु फुलारा र खगेन्द्र जिसीसंग प्रत्यक्ष परामर्शको कार्यक्रम फेसबुक लाइभ मार्फत गरेको थियो । त्यस्तै नेपाली व्यापार व्यवसायको बरोमा राधेश पण्डित, अल्का रामचन्डनी, निराजन अधिकारी र प्रमोदराज सरार्फ संग फेसबुक लाइभ प्रस्तुत गरिएको थियो ।
एनआरएनए अमेरिकाले अन्य कार्यक्रमहरुलाई पनि नियमित रुपमा अगाडी बढाउदै लगिने जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected