अमेरिका– कोरोना महामारीले अमेरिकाको न्युयोर्क सहर झन झन विकराल बन्दै गएको छ । अमेरिकाको आधा भन्दा बढी कोरोनासंक्रमण र मृतकको संख्या यही सहरमा बढी देखिएको छ ।
यो समाचार तयार पार्दा सम्म न्युयोर्कमा १ लाख २ हजार भन्दा बढी कोरोना संक्रमीत भेटिएका छन् भने २ हजार ९ सय भन्दा बढीको ज्यान गइसकेको छ । न्युयोर्कमा शुक्रबार यो समाचार तयार पार्दा सम्म एकै दिन ९ हजार ८ सय बढी संक्रमीत र झण्डै चार सय जनाको ज्यान गएको छ ।
न्युयोर्कको आसपासको सहर न्युजर्सि, पेन्सिलभेनियामा पनि संक्रमण र मृतकको संख्या त्यही रफतारमा बढेको छ ।
अमेरिका भरी अहिले सम्म २ लाख ६६ हजार बढी संक्रमीत भइसकेका छन् भने ६ हजार ८ भन्दा बढीको ज्यान गइसकेको छ ।
संक्रमीत संख्या दिनैपिच्छ हजारौले बढदै जादा समेत यहा“ जनमानसमा चेतना आउन सकेको छैन । अझै पनि यहा“का सार्वजनिक यातायातमा भीडभाड गरेर हिडने क्रम रोकिएको छैन । लक डाउन नाम मात्र भएको छ ।
दिनानुदिन अवस्था जटील बन्दै जा“दा समेत यहा“का मानिसमा चेतना फिर्न सकेको छैन । लक डाउन पुरै अवज्ञा गरेका छन् । विश्वमै कोरोना महामारीको ट्याग भिरेको अमेरिकाले अझै क्षति व्योहोर्नृ विज्ञहरुले औल्याएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected