एनआरएनए टेक्सस च्याप्टरद्धारा प्रकाशित दुई बाल पुस्तक सार्वजनिक

टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सस च्याप्टरद्धारा प्रकाशित दुई पुस्तक शुक्रबार यहा“ सार्वजनिक गरिएको छ ।
नेपाली बालकालिका संग सम्बन्धीत मेरो नेपाली अक्षरमाला र नेपाली नैतिक ज्ञानदर्शन नामक दुई पुस्तक फेसबुक लाइभ कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली समाज टेक्ससद्धारा संचालित नेपाली भाषा पाठशालाका लागी तयार पारिएको एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालले सार्वजनिक गरेका हुन ।
उनले सार्वजनिक कार्यक्रममा बोल्दै यी दुई पुस्तकले नेपाली पाठशालामा अध्ययन गर्ने बालबालिका लागी अति उपयोगी हुने बताए ।
उक्त सार्वजनिक कार्यक्रममा एनआरएनएका सचिव गौरी जौशी, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, डा मुरली अधिकारी, पाठशालाका प्रिन्सिपल विजयराज भट्टराई, भोजबहादुर बलायर तथा एनआरएनए टेक्सस च्याप्टरका सचिव सोफिन थापा सहभागी थिए ,
कार्यक्रममा एनआरएनएका सचिव गौरी जोशीले दुवै पुस्तकलाई अन्तराष्ट्रियकरण गदै अन्य संस्करण प्रकाशनमा समेत सहयोग गर्ने बताए ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले पुस्तकको अंश अनलाइनमा राखेर सबै राज्यमा पु¥याउन पहल गर्ने वचनवद्धता जाहेर गरे ।
नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले दुवै पुस्तकले नेपाली पाठशालामा पाठयक्रम अनुसार पठनपाठन गराउन मदत पुग्ने बताए ।
नेपाली भाषा पाठशालाका प्रिन्सिपल विजयराज भट्टराईले दुवै पुस्तकलाई छिटै पाठयक्रममा समावेश गरेर बालबालिकालाई अनलाइन मार्फत समेत पढाइने जानकारी दिए ।
पाठशालामा पुर्व प्रिन्सिपल डा मुरली अधिकारीले दुवै पुस्तक अमेरिकामा रहेका नेपाली बालबालिकालाई भाषा र नैतिक शिक्षाको ज्ञान दिन सफल हुने विश्वास व्यक्त गरे ।
दुवै पुस्तक कवि तथा लेखक भोजबहादुर बलायरले लेखेका हुन ।
यसै बीच दुवै पुस्तक आजै एक कार्यक्रमका बीच एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालले नेपाली भाषा पाठशालाका प्रिन्सिपल विजयराज भट्टराईलाई हस्तान्तरण गरेका थिए ।