यज्ञराज  पाैडेल 

अामा

धेरै समय वितेछ

कहिल्यै घर नछाेड्ने मान्छे म

अामाबाबाकाे छहारी छाेडेर

केही समस्या 

र केही सपनाहरू बाेकेर

याे सपनाहरुकाे खाल्डोभित्र  छिरेकाे ।

यतिखेर

समस्याहरुलाई जितेर

सपनाहरुकाे उडान भर्दै गर्दा

नराम्रो सँग

भुँईमा पछारिएकाे छु म 

र यत्रतत्र छरालिएका छन

विचरा

अवाेध सपनाहरू ।

अनि म मात्रै हाेइन

सिंगाे देश

सारा संसार 

जहाँ थियाे त्यहीँ 

टक्क अडिएकाे छ ।

घर  सम्झियर निसास्सिदै

वाथरुमभित्र छिरेर

एक्लै डाँकाे छाेडेर राेयकाे छु म 

ताकि वाथरुम बाहिर हुनेहरुले 

मलाई 

भित्रकाे ” म ” जस्तै कमजाेर नदेखुन ।

अामा 

म यतिखेर घर अाउन सक्दिन

किनकि

म घर अाउँदा

म मात्रै अाएँ भने त ठिकै हुन्थ्याे 

कहि कसैबाट सरेर

भाईरस पनि अायाे भने मसँग

मेराे त के कुरा

हाम्राे घर 

छरछिमेक

र स्वर्गजस्ताे गाउँ पनि 

हुनसक्छ तहसनहस ।

म यतिवेला जहाँ छु 

जसरी छु

सकुसल छु

एक्लै छु 

तर  ” वलियाे” छु

फगत स्वार्थ ले गाँसिएका सम्वन्धहरु भन्दा

जसले यहाँ हरेक सहयाेगकाे

प्रतिफल खाेज्छन

र खल्बलाउँछन ” म ” भित्रकाे ” म “लाइ

घरिघरि ।

छाेइहालेछ भनेपनि भाइरसले 

म एक्लै लडँला बरु

याे अन्जान सहरमा

जहाँ हरदिन लड्नु छ

जिन्दगी सँग ।

तर मनमनै 

पुकारिरहेछ श्री पशुपतिनाथसंग 

याे भाइरस

स्वर्ग जस्तो मेराे गाउँ नपसाेस 

जहाँ छन मेरा 

थुप्रै बुढा बा अामाहरु ।

पसिहाल्याे भने

रामराम हरिहरि जप्नु बाहेक 

अरु केही गर्न सकिँदैन ।

हेम्जा कास्की

मार्च ३० , २०२०

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected