-भगवती पोडेल

 

जन्मनु र मर्नु जीवन चक्र  हो

अनन्त ब्याख्या मानवशास्त्रको

युगबाट युग सम्म सभ्यता आयो

अदृष्य शत्रुले क्षणमै ग्लोबल रुवायो !

 

न हतियारको युद्घ न क्षेप्यास्त्रको

न तालीमका योद्धाहरु न धर्मशास्त्रको

हारे जनयोद्धाहरु भुसुनाले यो के ल्यायो

भन्दै नभनी चुपचाप ग्लोबल युद्ध फैलायो !

 

यता अन्नको भण्डारहरु गल्ने भयो

उता भोकभोकै योद्धाहरु ढल्ने भयो

न मायाले सुमसुमाउन न खुवाउन पायो

पीडा दिंदै अदृष्य शत्रु ले सबै रुवाउन आयो !

 

न त कोही धनी रह्यो न त गरीव रह्यो

उड्ने गुड्ने धन्दा उधेग सबै बन्द भयो

हरे ! आदि अनाथका मालिक लोकमा यो

रक्षा गर भूताल पाताल ग्लोबल शोकमा भो !

अप्रिल , २ २०२०

टेक्सस, अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected