–बैकुण्ठराज आचार्य

मध्य शहरमा

काग एकोहोरो कराईरहेछ

परेवा घुरिरहेछ

कताकता भाले कराएको सुनिन्छ

कुकुर भुकिरहेको छ

 

झ्यालको पर्दा खोल्छु

छिमेकी घरहरु हेर्छु

कौसीहरु रित्तै छन्

बार्दलीहरु रित्तै छन्

झ्यालहरु बन्द छन्

 

आकाशमा हवाईजहाज उडदैनन

चक्रपथमा गाडी गुडदैनन्

सडकमा कोहि हिँडदैनन

मान्छे !

छैन उ कतै !

 

फेसबुक, साथी एकान्तवासको

खै, किन हो पुराना तस्विर देखाउँछ

जीवनमृत्युको कुरा गर्छ

आम्मै, कति डाक्टरहरु !

सवैको  निर्देशन पालना गर्नु छ

 

बसन्त ऋतु !

अनि ती टलल चम्केका सेता हिमाल

छक्क छन् आफ्ना पारखी नदेख्दा

कता गए मान्छेहरु यसपाली ?

एक अर्कालाई सोध्दैछन्

 

एकान्तबास छ मेरो

कविता आउँथिन मन–मस्तिष्कमा

घन्टौं पर्खिसकें

तर आइनन !

लकडाउन भयो क्या ! यहाँ पनि

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected