काेराना प्रभावित न्युयाेर्कमा स्वास्थ क्षेत्रमा खटिएकी नेपाली चेलीकाे अनुभव
– तारा भट्टराई
याे ३५० जना बीचमा गरेकाे मेराे रिसर्च हाे । घर बसेर हैन युद्ध स्तरमा रात दिन खटेर मैले सबैकाे जानकारी का लागी यहॉ पाेष्ट गरेकि हुँ।म हरेक तीन/ चार हप्तामा आफ्नै अनुभबहरु सेयर गर्ने प्रतिवद्ता जाहेर पनि गर्दछु ।
1. एउटा १२* १४ साईज़ काे काेठामा सँगै बस्ने तर छुट्टै बेडमा सुत्ने दुईजना पुरुषहरु मध्ये एकजनालाई काेराेना भाईरस हुदा अर्काेलाई नसरेकाे अवस्था ।
2. दुई अलग अलग १२* १४ साईज़काे काेठामा बस्ने तर चारजनाले एउटै बाथरूम प्रयाेग गरेकाे अवस्थामा एकजनालाई संक्रमण हुँदा अरु तीनजनालाई नसरेकाे अवस्था ।
3. एउटै ६०० स्क्वायर फिटकाे काेठामा बसेका श्रीमान र श्रीमती मध्ये श्रीमानलाई भाईरस भएकाे तर एउटै बाथरूम प्रयाेग गरेर श्रीमानले मास्क लगाएर ६ फिट डिस्ट्यान्स कायम गरेर कुराकानी गर्ने र खाना समेत पकाउने तर भॉडाकुँडा सेयर नगर्दा श्रीमतीलाई भाईरस नसरेकाे।
4. आठाै तल्लामा बस्ने तर वीगत ४ महिना देखि काेठैमा बसिरहेकाे मानिलाई पनि काेराेना संक्रमण देखिएकाे ।
5. महिलाहरु भन्दा पुरुषहरु सरससफाईमा बढी केयरलेस भएकाेले पुरुषहरु बढी संक्रमित ।
6. जिवन र जगतलाई राम्राेसँग बुझेकाे र म्रत्युलाई अँगाल्न पनि तैयारी अवस्थामा रहेकाहरु अत्यन्तै ख़राब स्वास्थ्य अवस्था भएर ७० बर्ष कटेपनि काेराेना भाईरसलाई जितेकाे ।
7. कमजाेर मानसिकता भएका डरछेरुवाहरु भाईरस नै नलागी गलेका र इमर्जेंसीमा पटक पटक पुर्याउन परेकाे ।
8. अत्यन्तै सावधानी अपनाएर उच्च मनाेबल कायम गरि अरुलाई सहयाेग गर्नेहरु २०० प्रतिशत खुशी रहेका । र एउटा मानिस मर्याे भन्दैमा कुनामा पस्नेहरुमा मानसिक समस्यासँगै अरु धेरै शारिरीक समस्याहरु देखिएर अस्पताल भर्ती गर्नु परेकाे ।