टेक्ससकाे एक सहरमा सार्वजनिक स्थानमा माक्स नलाउनेलाई एक हजार डलर जरिवाना
टेक्सस– अमेरिकाको टेक्सस राज्यकाे एउटा सहरमा सार्वजनिक ठाउमा माक्स नलगाउनेलाई एक हजार डलर जरिवाना गरिने भएको छ ।
स्थानिय सरकारले टेक्ससकाे लरेडाे सहरमा बढदो कोरोनाको महामारीलाई ध्यानमा राखेर यो कडा नियम सहितको जरिवाना तोकेको हो । टेक्ससकाे अन्य सहरमा भने याे नियम छैन ।
पाँ च वर्ष भन्दा माथिकाले सार्वजनिक यातायात देखि स्टोर लगायत मानिसको भीडभाड हुने स्थानमा माक्स लगाउन अनिवार्य गरेको हो । यी सार्वजनिक स्थानमा हिडडुल गर्दा अनिवार्य रुपमा नाक मुख डाक्नु पर्नेछ । नाक मुख छोप्न घरेलु मास्क, स्कार्फ अथवा रुमाल प्रयोग गर्न सक्नेछन् । नियमि उल्लघन गरेमा हजार डलर सहित कार्वाही गरिने जनाइएको छ । यो नियम निजी सवारीमा हिडने मानिसमा भने लागु हुने छैन ।
व्यक्तिको सुरक्षा तथा स्वास्थयलाई ध्यानमा राखेर यो नियम बनाइएको हो । अमेरिकामा माक्स अनिवार्य लगाउन उर्दि जारी गर्ने टेक्सस पहिलो राज्य बनेको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...