अमेरिका– अमेरिकाको न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मुत्यु भएको छ । न्युयोर्कको क्वीन्समा बसोबास गदै आएका सोनाम लामा र सन्नीसाइड बस्दै आएका थोक्मे विष्टको मुत्यु भएको हो ।

समाचार स्राेतका अनुसार उनीहरुकाे मुत्युकाे कारण भने खुल्न सकेकाे छैन ।

यस बारेमा वासिङटन डिसी स्थित नेपाली राजदुतावसमा सम्पर्क गर्दा राजदुत कार्कीले घटना बारेमा आफुले सुने पनि यसको आधिकारिक पुष्टि नभएको बताए । यस बारेमा हामीले बुझने कोसिस गरेका छौ’ राजदुत कार्कीले टेलिफोनमा भने–अहिले यसबारेमा केही भन्न सकिने अवस्था छैन ।
उनिहरुको शुक्रबार निधन भएको भनिए पनि शनिवार मात्रै थाहा पाएपछि प्रहरीले शब लिएर गएको बताइएको छ । उनिहरु दुवै जना मुस्ताङका बासिन्दा भएको बताइन्छ । उनिहरुले लामो समय देखि न्युयोर्कमा बस्दै आएका थिए । उनिहरुको परिवार सबै नेपालमा रहेको बताइन्छ ।
उनिहरुको के कारणले मृत्यु भएको भन्ने बारेमा केही खुलेको छैन । बिरामी भएर अस्पताल पुगेको र अस्पतालमा घरमै आराम गर्न भनेपछि उनिहरु घरमै आराम गदै गरेको समाचार स्रोतले बताएको छ । कोरोनाका कारण मृत्यु भएको भनिए पनि यसको आधिकारिक पृष्टि हुन सकेको छैन । यस बारेमा न्युयोर्क स्थित कार्यबहाक महावाणिज्यदुत पुष्पराज भट्टराईले यसबारेमा बुझने काम भइरहेको बताए । मुत्यु भएकाे बारे आफुले सुनेकाे तर बिस्तृत बुझ्ने काम भईरहेकाे छ, टेलिफाेनमा भट्टराईले भने ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected