अमेरिकाको न्युयोर्कमा दुई दिनको अन्तरालमा तीन नेपालीकाे दुख्द निधन

अमेरिका–अमेरिकाको न्युयोर्कमा दुई दिनको अन्तरालमा तीन जना नेपालीको दुख्द निधन हुन पुगेको छ ।
मुस्ताङका सोनाम लामा, थोक्मे विष्ट तथा काठमान्डौका अजयमान छोंचुको निधन भएको हो ।
मुस्ताङका लामा र विष्टको शुक्रमबार आफु बसेको अपाटमेन्टकै कोठामा मुत्यु भएको थियो । त्यस्तै छोचुकाे
शनिवार दिउसो अस्पतालमा मुत्यु भएको समाचार स्रोतले बताएको छ ।
न्युयोर्कको क्वीन्समा बसोबास गदै आएका सोनाम लामा र सन्नीसाइड बस्दै आएका थोक्मे विष्टको मुत्युको कारण खुलेको छैन
उनिहरुको शुक्रबार निधन भएको भनिए पनि शनिवार मात्रै थाहा पाएपछि प्रहरीले शब लिएर गएको बताइएको छ । उनिहरुले लामो समय देखि न्युयोर्कमा बस्दै आएका थिए । उनिहरुको परिवार सबै नेपालमा रहेको बताइन्छ ।
के कारण मृत्यु भएको हाे यसको आधिकारिक पृष्टि हुन सकेको छैन । न्युयोर्क स्थित कार्यबहाक महावाणिज्यदुत पुष्पराज भट्टराईले यसबारेमा बुझने काम भइरहेको बताए ।
शनिवार मुत्यु भएको छोंचुको भने निमोनियाका कारण अस्पतालमा मुत्यु भएको बताइएन्छ । ६५ वर्षिय छोचु लामो समय टेक्ससमा बसेर न्युयोर्क बसाई सरेका थिए । उनि ड्यालस एभरेष्ट लाइन्स क्लबका संस्थापक अध्यक्ष पनि हुन । उनी नेपाली समाजमा सामाजिक अभिायान्तको रुपमा परिचित थिए ।
।
एक साथ तीन जना नेपाली गुमाएको पीडामा यतिबेला नेपाली समाज स्तब्ध बनेको छ । उनिहरुको दुख्द निधन भएकोमा विभिन्न नेपाली समाजका अगुवाहरुले शोक सन्तप्त परिवारमा हार्दिक संवेदना व्यक्त गरेका छन् ।