बुहानमा कोरोना फैलिएपछि चीनबाट ४ लाख भन्दा बढी अमेरिका भित्रिएको दाबी

अमेरिका– अमेरिकामा कोरोनाभाइरसले महामारीको रुप लिएको छ । दिनदिनै कोरोना संक्रमणको संख्या हजारौ गुनाले बढ्दो छ । यसै बीच अमेरिकी संचारमाध्यमले एउटा नया खुलासा गरेको छ ।
अमेरिकाको चर्चित द न्युयोर्क टाइम्समा प्रकाशित एक समाचार अनुसार चीनबाट अमेरिकामा फैलिएको कोरोना भाइरस संग सम्बन्धीत छ । समाचार अनुसार ४ लाख ३० जना चीनबाट सिधा उडानमा अमेरिका आएका थिए । यसरी आउने मध्ये हजारौ जना कोरोना प्रभावित बुहानबाट अमेरिका आए । चीनको बुहान सहरबाट नै २०१९ डिसेम्बर महिनामा कोरोनाको पहिलो संक्रमण भएको समाचार बाहिर आएको थियो ।
न्युयोर्क टाइम्मसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रामा प्रतिबन्ध लगाउनु अगाडी नै चीनको १७ विभिन्न सहरबाट १३ सय भन्दा बढी सिधा हवाई उडानबाट लाखौलाई चीनबाट फिर्ता ल्याइएको थियो ।
न्युयोर्क टाइम्सले दाबी गदै लेखेको छ राष्ट्रपति ट्रम्पले यात्रा प्रतिबन्ध लगाउनु दुई महिना अगाडी नै चीनबाट सिधा उडानमा ४ लाख ३० हजार जना अमेरिका आएका थिए । हवाइ अड्डामा परीक्षण गर्दा चीनबाट आउनेहरुमा धेरैमा संक्रमण नभएको बताइन्छ । समाचार अनुसार अमेरिकामा स्वास्थय जा“च भने गत जनवरीबाट मात्रै सुरु भएको थियो ।
अमेरिकाको संचारमाध्यमको रिपोर्ट अनुसार चीनको एउटा विमान डाटा कम्पनी भेरी फ्लाइटलाई उधृत गदै लेखिएको समाचार अनुसार त्यो भन्दा अगाडी नै झण्डै ४ हजार जना चीनको बुहानबाट अमेरिका प्रवेश गरिसकेका थिए । उनिहरु न्युयोर्क, लस एन्जल्स तथा सान फ्रान्सिसको विमान स्थलमा उत्रिएको दाबी गरिएका छ ।
तस्वीर न्युयाेर्क टाईम्स