कोरोनाको कहरबीच अमेरिकन आइडलको टप २० मा दिवेश, सबैसंग सहयोगको आव्हान
टेक्सस– अमेरिकामा कोरानाको महामारी बीच विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल टप–२० मा पुगेका छन् ।
आर्थर गनको नामले परिचित पोखरेल विभिन्न चरण पार गदै अमेरिकन आइडलको उत्कृष्ठ २० मा पुगेका हुन ।
उनले आफनो अफिसियनल पेज दिवेश पोखरेल–अर्थर गन मार्फत सबैलाई आफुलाई यो चरण सम्म आउन माया गर्ने सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन् । अब उलाई अर्को चरणमा प्रवेश गर्न उनको यही अफिसियल पेज लाइक र फलो गरेको लोकप्रियतामा निर्भर रहनेछ ।
उनले सबैलाई आफनो अफिसियल पेजलाई लाइक र शेयर गरेर आफुलाई अघिल्लो चरणमा प्रवेश गर्न सहयोगका लागी सबैलाई आव्हान गरेका छन् ।
उनले भनेका छन्– अमेरिकन आइडलको मेरो यात्राको सपना साकार पार्न सबैजनालाई आफनो अफिसियल पेज लाइक र फलो गरिदिन अनुरोध गर्दछु ।
उनले आफनो सांगीतिक यात्रालाई अगाडी बढाउन सबैको सहयोगको अपेक्षा राखेका छन् ।
अमेरिकन आइडलको अडिसन राउन्ड पुरा गरी विभिन्न चरण हुदै टप–२० सम्म आइपुगेका दिवेशको अगाडीको यात्रा भने उनको पेज लाइक र फलो गरेको लोकप्रियता निर्धारण गर्नेछ । यसका लागी सबैले उनको पेजलाई फलो गर्नुपर्नेछ ।
काठमान्डौका २१ वर्षिय दिवेश पोखरेलले जजहरुको भने मन जितिसकेका छन् । उनको गायकीबाट जजहरु प्रभावित भइसकेका छन् । अव भने उनको यात्रा आम दर्शकको हातमा छ ,जसले उनलाई अमेरिकन आइडलको उपाधी नजिक पु¥याउन मदत गर्नेछ ।
नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर यो चरण सम्म आउने उनी पहिलो नेपाली हुन ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा थिएनन । तर अहिले उनले करोडौ फ्यान कमाइसकेका छन् ।
विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् । अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।क अमेरिकन आइडल हरेक आईतबार एबीसि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुदै आएको छ । पेज लाईक र फलाे तलकाे लिंकमा जानु हाेला
https://www.facebook.com/arthurgunn122/