कोरोनाभाइरस अपडेट:टेक्ससमा ७ हजार भन्दा बढी कोरोनाभाइरस संक्रमण, १३७ को मुत्यु

अमेरिका– कोरोनाभाइरस संक्रमणले दिनानुदिन अमेरिकाको अवस्था भयावह बन्दै गएको छ । संक्रमणको संख्या गुना चौगुनाले बढने क्रममा छ ।
नेपालीहरुको अधिका बसोबास रहेको टेक्सस राज्यमा पनि कोरोना संक्रमण दर बढीरहेको छ । यो समाचार तयार पार्दा सम्म टेक्सस राज्यमा ७ हजार २ सय २१ संक्रमण भेटिएको छ । कोरोना संक्रमणबाट १३७ जनाको ज्यान गएको छ । आईतबार दिउसो सम्म ७ सय नया संक्रमणको घटना बाहिर आएको छ । टेक्ससमा आइतबार ७० हजार बढीको कोराना परीक्षण गरिएको छ ।
टेक्ससको सबै भन्दा प्रभावित हयुस्टन क्षेत्र बनेको छ । यहा“ अहिले सम्म १ हजार २८४ भन्दा बढी कोरोना संक्रमण भेटिएका छन् भने ११ जनाको ज्यान गएको जनाइएको छ । यस्तै ड्यालस काउन्टीमा १ हजार १५ संक्रमण भेटिएको छ । टेक्ससको ड्यालस, ट्राभिस, डेन्टन, बेक्सर, ट्यारेन्ट, कोलिन, ग्यालभस्टन, फोटेन्ट लगायत बढी प्रभावित भएका छन् ।
टेक्ससमा केही नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको हल्ला चले पनि यसको आधिकारिक पृष्टि भने हुन सकेको छैन । नेपालीहरुले संक्रमणलाई भएको लुकाएका छन् ।
टेक्ससमा छोटो समयमा कोरोनाभाइरस फैलिन थालेपछि स्थानिय सरकारले केही काउन्टीलाई लक डाउन समेत गरेको छ ।
डयालस काउन्टीको जेलमा पनि कोरोनाभाइरस संक्रमण भएको पृष्टि भएको छ ।
टेक्ससमा कोरोनाभाइरस फैलिदै गएपछि सर्वसाधारणमा त्रास बढेर गएको छ । बजारमा चहलपहल घटदै गएको छ । होटल रेष्टुरेन्ट लगायत अन्य व्यापार व्यवसायहरु सुनसान बन्दै गएका छन् । स्कुल कलेज बन्द छन् ।