प्रेस बिज्ञप्ती

आदरणीय अमेरिकाबासी गैर आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाईहरु,

सर्व प्रर्थम यहॉंहरु सबैलाई मेरो तर्फबाट हार्दिक नमस्कारको अभिवादन ब्यक्त गर्दछु।
यतिखेर हामी गैर आवासीय नेपालीहरु आफ्नो साझा संस्था अन्तराष्ट्रिय समन्वय परिषदको नवौं सम्मेलनको पुर्व सन्ध्यामा छौ। आफ्ना प्रतिनिधीहरु मार्फत हरेक संघ संस्थाको नयॉं नेतृत्व चयन हुने बिश्वब्यापी सर्वमान्य प्रजातान्त्रिक मान्यता र प्रचलन नै हो।

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आगामी ओक्टुवर १५-१७ काठमाण्डौमा सम्पन्न हुने अन्तराष्ट्रिय सम्मेलनमा अमेरिकाको तर्फबाट सहभागी हुने प्रतिनिधी छनौटका सम्बन्धमा हामिले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका जिम्मेवार पदाधिकारी र सिंगो संस्थालाई संघले तोकेको मापदण्ड, बिधी, निर्णय र प्रक्रियाका बारेमा पटक पटक जानाकारी र अनुरोध गरेकै हो, तर हाम्रो दुर्भाग्य अन्तराष्ट्रिय समन्वय परिषदको मापदण्ड,बिधि बिधान र निर्णय बिपरित प्रतिनिधी छनौट गरी बाहिर निकाली सकेपछि मात्र हामिले थाहा पाउनु पर्ने बाध्यता गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका र यसमा संलग्न रहि लामो समय देखि काम गर्दै आउनु भएका तपाई हामी सबैका निम्ति एउटा अस्वाभाविक र दुखद् घटना हो।

म यस अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकको हैसियतले संस्थाको पारदर्शिता, बिश्वशनियता र अन्तराष्ट्रिय समन्वय परिषदले निर्धारण गरेको मापदण्ड, बिधान र यस अघि गरिएका निर्णयहरुको अक्षरस पालना गर्नु र गराउनु मेरो पहिलो महत्वपुर्ण कर्तब्य र दायित्वबाट बिमुख रहन सकिन, त्यसैले संघको बिधान, यस पुर्व भएका निर्णय र मापदण्ड बिपरित प्रतिनिधी छनौट गरिएकाले गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य श्री प्रकाश सापकोटाज्यूको संयोजकत्वमा निम्न तल उल्लेखित सदस्यहरु रहेको जॉंचबुझ, छानबिन तथा पुन: सिफारिस समिति गठन गरेको ब्यहोरा यसै बिज्ञप्ति मार्फत जानाकारी गराउँदछु, साथै उक्त समितिले भोलीको मिति देखि पॉंचदिन भित्र प्रतिनिधी छनौटमा प्रक्रियामा भएका त्रुटीलाई पुनरावलोकन गरी हाम्रो संघले निर्धारण गरेको मापदण्ड बमोजिम प्रतिनिधी छनौट गरी अमेरिकाज् क्षेत्रीय संयोजकलाई पठाउनु हुन हार्दिक अनुरोध गर्दछु।

हाललाई यस बारेमा थप निर्णय र निर्देशन नआए सम्म कुनैपनि प्रक्रिया अगाडी नबढाउनु हुन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकालाई यसै मार्फत निर्देशन गरिन्छ।

श्री प्रकाश सापकोटा
(संयोजक)
सदस्य, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,

श्री धर्म भट्टराई
(सदस्य)
सदस्य, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,

श्री राजन त्रिपाठी
(सदस्य)
सदस्य, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,

श्री जेदू पोख्रेल
(सदस्य)
सदस्य, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,

श्री प्रमोद सिटौला
सदस्य
सदस्य, बिधान समिति
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,

बोधार्थ:-

श्री भवन भट्ट
(अध्यक्ष)
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,

श्री सुनिल कुमार साह
(अध्यक्ष)
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,अमेरिका

गौरीराज जोशी
(क्षेत्रीय संयोजक)
अमेरिकाज् क्षेत्र

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected