डयुटीमा खटिएका एक हजार भन्दा बढी अमेरिकी सैनिक कोरोना संक्रमीत

अमेरिका–अमेरिकामा कोरोना भाइरसको संक्रमणले अवस्था दिनदिनै बिग्रदै गएको छ । अमेरिकाको रक्षा मुख्यालय पेन्टागनले सोमबार बिहान सम्म १ हजार १३२ अमेरिकी सैनिक कोरोना संक्रीमत भएको पृष्ठि गरेको छ । उनिहरुमा राष्ट्रिय सुरक्षा गार्डका ३ सय जनामा संक्रमण पाइएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सबै भन्दा बढी अमेरिकी नौसेनामा ४३१ ज्ना संक्रमण भेटिएको छ ।
उनिहरु मध्इे १५० भन्दा बढी कर्मचारी विमान बहाक पोत युएसएस थियोडोर रुवबेल्ट को चालक दलका सदस्य छन् । जोन्स हप्किन्स विश्वविद्यालयबाट प्राप्त तथ्याङक अनुसार अमेरिकाका कोरोना संक्रमीत संख्या ३ लाख ६५ हजार भन्दा माथी छ भने मृतकको संख्या १० हजार भन्दा बढी पुगेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साता अमेरिकी जनताका लागी ज्यादै कठिन हुने बताएका छन् । यो बीचमा अमेरिकामा धेरैको संख्यामा कोरोनाका कारण मुत्यु हुने बताएका छन् । एजेन्सीको रिपोर्ट अनुसार अमेरिकाको अस्पतालमा शब राख्ने ठाउ“को समेत अभाव भएको छ । अमेरिकामा बढदो संक्रमम संगै एक देखि दुई लाख सम्मको ज्यान जाने अनुमान विज्ञहरुले गरेका छन् ।
राष्ट्रपति ट्रम्पका अनुसार अहिले सम्म १६ लाख भन्दा बढीको कोरोना को जा“च गरिसकिएको छ ।
३३ करोड जनसंख्या रहेको अमेरिकामा ९५ प्रतिशत भन्दा बढी घरभित्र बस्न बाध्य भएका छन् ।
फाईल फाेटाे -एजेन्सी