न्युयोर्कमा कोरोनाबाट मृतकको संख्या बढेपछि सार्वजनिक पार्कमै सामुहिक मुर्दाघर बनाइदै

अमेरिका– अमेरिकाको न्युयोर्क कोरोना महामारीले विकराल अवस्थामा पुगेको छ । कोरोना संक्रमण संगै मृतकको संख्या पनि बढदै गएपछि यहा“ एउटा सार्वजनिक पार्कर्म सामुहिक चिहान बनाउने तयारी गरिएको अधिकारीहरुले बताएका छन् ।
सिटी काउन्सिल हेल्थ कमिटीका प्रमुख मार्क लेवाइनले मृतकको संख्या अस्पतालमा अधिक बढदै गएकोमा मुर्दाघरको सिमा भन्दा बाहिर पुगेको बताएका छन् । यसैलाई ध्यानमा राखेर यहा“को एउटा सार्वजनिक पार्कमा अस्थायी मुर्दाघर बनाउन बिचार गरिरहेको बताएका छन् । उनले कुनै पार्कमा अस्थायी मुर्दाघर बनाउन लागीएको बताए । कहा“ कुन पार्कमा बनाउन लागीएको बारेमा भने केही बताइएको छैन ।
तर मेयर बिल ब्लासियोले भने यस बारेमा कुनै योजना नबनेको बताएका छ्न । उनले यसको आवश्यकता प¥यो भने संकट पार गर्न बनाउन सकिने समेत उनले जनाए जनाउ । मेडिकल एक्जामिनरको कार्यालयले पनि यस बारेमा बिचार विमर्श भइरहेको र अहिले सम्म फैसला नभएको बताएको छ ।
कोरोना कारण न्युयोर्कमा दिनहु औसत तीन गुनाले मृतकको संख्या बढीरहेको छ । पछिल्लो पटकको तथ्याङक अनुसार न्युयोर्कमा ४ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ । त्यस्तै संक्रमण हुनेको संख्या १ लाख ३१ ह्जार बढी छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...