अमेरिका– चीनमा कोरोना भाइरस सम्बन्धीत सुचना लुकाउन मिलेमतो गरेको आरोप लगाउदै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रो एडहैनम घेब्रेयसस को राजीनामा माग गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार जोन बोल्टनले चीन संग मिलेमतोमा कोरोनाको बास्तविकता लुकाएको भन्दै राजीनामा माग गरेका हुन । ट्रम्पका राष्ट्रिय मामिला सम्बन्धी पुर्व सल्लाहकार बोल्टनले कोरोना महामारीको विषयमा चीनले झुठ बोलीरहेको आरोप समेत लगाएका छन् । सोमबार एक ट्वीट मार्फत ट्वीट गदै विश्व स्वास्थय संगठनका महानिर्देशकले चीनको कम्युनियष्ट शासनसंग आंखा बन्द गरेर भरोसा गरेर सारा दुनियामा भ्रममा पारेको बताए ।
उनले अमेरिकी सिनेटर टेड क्रुज तथा मार्को रुबियोले समेत मागेको राजीनामालाई समर्थन गदै विश्व स्वास्थय संगठनका महानिर्देशकको तिखो आलोचना गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको तथ्य जनवरी सम्म लुकाएको आरोप छ । संगठनले कोरोनालाई आपतकाल घोषणा पनि ढिलो गरी गरेको थियो । दुनियालाई काबुमा राखेको कोराना भाइरस गत डिसेम्बरबाट चीनको बुहानबाट सुरु उएको थियो । चीनमा अहिले सम्म ३ हजार ३ सय भन्दा बढीको ज्यान गएको छ । तर पछिल्लो क्रममा चीनले सुचना लुकाएको आरोप विशेषज्ञहरुले लगाउदै आएको छ ।
जापानले समेत यस अघि विश्व स्वास्थय संगठनले चीनको कम्युनिष्ट पार्टिसंग मिलेर सुचना लुकाएको आरोप लगाएको थियो । जापानका उपप्रधानमन्त्री तारो असो ले विश्प स्वाथ्य संगठनले आफनो नाम परिवर्तन गरेर चाइना स्वास्थ्य संगठन राख्नु पर्ने भन्दै आक्रोस पोखेका थिए । पछिल्लो क्रममा चीनको कोराना सम्बन्धी सुचना सही सत्य नआएको टिप्पणी विशेषज्ञहरुले गदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected