‘मिनी नेपाल’ टेक्ससमा कोरोनाले नेपालीको अवस्था जटील बन्दै

अमेरिकाको टेक्सस राज्य नेपालीहरुको अधिक बसोबास रहेको राज्य हो । टेक्ससमा झण्डै ५० हजारको हाराहारीमा नेपालीको जनसंख्याको रहेकमो अनुमान छ ,। यो राज्यमा कोरोना संक्रमणको असर बढदै गएको छ । के कति नेपाली कोरोना संक्रमणमा परे भन्ने बारेमा कसैसंग आधिकारिक तथ्याङक छैन । केही नेपाली कोरोना संक्रमण भएको भनिए पनि आधिकारिकता बाहिर आएको छैन । तर पनि यहा“ नेपालीहरुको अवस्था जटीव बन्दै गएको छ । कामकाज ठप्प हु“दा आर्थिक पक्ष पनि कमजोर बन्दै गएको छ । दैनिक जीवन कष्टकर बन्दै गएको अवस्था छ ।
मिनि नेपालको रुपमा चिनिएको टेक्सस राज्यमा सबै नेपालीको प्रतिनिधित्व गदै दैनिक कसरी व्यतित भइरहेको छ भन्ने बारेमा यहा“का केही व्यक्त्विहरु सग युएसनेपाल पोष्टका शिव शर्माले कुराकानी गरेका छन् । कोरोनाले दैनिक जीवमा पारेको प्रभाव बारे के भन्छन् त यहा“का नेपाली । प्रस्तुत छ उनिहरुसंग गरिएको कुरकानी :
कोरानाले अहिले अवस्था सहज छैन
गौरीराज जोशी, गैरआवासिय नेपाली संघ, सचिव, हाल टेक्सस
कोरोनाको महामारीले अहिले सबैतिर अवस्था नाजुक बनेको छ । दैनिक गरिने कामकाज ठप्पै भएको अवस्था छ । आफनन्त साथीभाई भेटघाटको अवस्था छैन । अहिले अवस्था ज्यादै नै कठिन भएको छ एनसिसी संग समन्वय गरेर कोरोनाले प्रभावित भएको नेपालीहरुलाई राहत वितरण गर्ने काममा सहयोग गदै आएको छु । यो विपतको बेला आफुले सकेको सहयोग गरिरहेको छु ।
गैरआवासिय नेपाली संघमा आवद्ध रहेकाले संस्थागत गतिविधीमा पनि घरबाटै अनलाइन र फेसबुक लाइभ मार्फत जोडीदै आएको छु । अमेरिकाका नेपालीको अवस्थाका बारेमा नेपाल लगायत अमेरिकामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरुले जानकारी लिने काम गरिरहनु भएको छ । घरमै बसेर पनि आफुले सक्दो सहयोग गरिरहेको छु । अहिले हाम्रो आइटीको व्यवसाय कोरोना पछि शिथिल भएको अवस्था छ । व्यवसायमा कोरानाले आघात पु¥याएको अवस्था छ । कोरोनाले अहिले ‘एडजस्ट’ हुन पनि मुस्किल भएको अवस्था छ ।
पहिलाको जस्तो सहज अवस्था कहिले कदापी छैन । कोरोनाले सबै डामाडोल बनाएको छ । एक खालको भयले सबैलाई आक्रान्त बनाएको अवस्था छ । अहिले अधिकांश समय घरभित्र बितेको छ । विभिन्न लेखकका पुस्तक पढने र समाचारहरु पढने गरेर समय बितिरहेको छ । घरपरिवारलाई पनि अहिले धेरै भन्दा धेरै समय दिन पाइएको छ । यो अवस्था कहिले सम्म रहने हो भन्ने चिन्ता त छदैछ तर पनि आफु सजग हुने र अरुलाई पनि सजकता बनाउने काममा पनि अहिले लाग्नु पर्ने अवस्था छ । सारांशमा भन्दा कोरोनाको कहरले अहिले सबै दैनिकलाई परिवर्तन ल्याइदिएको छ ।
कोरानाले मेरो दैनिकी झनै व्यस्त बनाएको छ–
सुनिल शाह, अध्यक्ष गैरआवासिय नेपाली संघ अमेरिका, हाल टेक्सस
कोरोनाको महामारी दिनानुदिन बढदै गएको छ । अवस्था सहज होला भन्दा झनै जटील बनेको अवस्था छ ।
कोरोनाको महामारी बढदै गर्दा मेरो भने दैनिक पहिला भन्दा झनै व्यस्ततामा गुज्रिएको छ । अफिसको काम घरबाट गरिरहेको छु । कर्मचारीहरुलाई पनि घरबाट कामको लागी व्यवस्थापन गरेको छु । घरबाट बाहिर ननिसके पनि घरभित्रै व्यवस्था भएको छु । कोरोनाको महमारी सुरु भएदेखि ने घरबाट एनआरएनए अमेरिकाको संस्थागत काम पनि गरिरहेको हुन्छ । संस्थागत काम अनलाइन, सामाजिक संजालको लाइभ र फोन मार्फत गरिरहेको छु । कोरोना पीडितलाई राहत बाडने लगायतका काम पनि घरबाट समन्वय गरिरहेको छु ।
अहिले घरभित्र बस्नु परेकोले एउटा मनोवैज्ञानिक त्रास छ । पहिला जस्तो कार्यक्रमहरुमा सहभागी हुने र व्यक्तिगत भेटघाट गर्न पाइएको छैन । कोरोनाले व्यक्तिगत जीवन अस्तव्यस्त बनेको छ । घरमै बसे पनि मेरो दैनिकी पहिला भन्दा अहिले झनै व्यस्त बनेको छ । अफिसको काम देखि संस्थागत कामहरु अनलाइन फोनबाट गरिरहेकोले खाली समय नै छैन । सबै कामहरु अहिले घरबाट व्यवस्थापन गर्नुृ परेको छ । बिहान देखि बेलुका अबेर सम्म घरभित्रै व्यस्त हुनु परेको छ । कोरोनाले गर्दा अहिले बाह्य कामहरु सबै ठप्प भएको छ ।
घरबाहिर निस्केर हिडने अवस्था छैन
दिनेश शर्मा, अध्यक्ष नेपाली समाज टेक्सस
कोरोना महामारीले त्रास बढेर गएको छ । कोरोना संक्रमण फैलिएपछि घरमा बसेको यो मेरो तेस्रो हप्ता हो । आइटीको जागीर भएकाले सबै काम घरबाटै गरिरहेको छु । सामाजिक दुरी कायम गर्नु पर्ने बेला भएकाले बाहिर निस्केर हिडने अवस्था अहिले छैन । कोरोनाले अहिले दैनिकी निकै कष्टर बनेको अवस्था छ । रमाइला दिनहरु अहिले चिन्तामा बितिरहेको छ सबैको ।
घरममा बसेर पनि कामको चाप बढेको छ । कोरोना फैलिदै गएकाले भोली के होला भन्ने एउटा मनोवैज्ञानिक त्रास पनि छदैछ । अहिले म अफिसको काम घरबाट र समाजको नेतत्व पनि लिएकाले सामाजिक संजालको लाइझ मार्फत विभिन्न जनचेतनामुलक कार्यक्रम पनि नियमित रुपमा संचालन गदै आएका छौ । सहज जीवन हुदा विकेन्डमा साथीभाइ भेटघाट रमाइलो हुन्थ्यो तर अहिले त्यो अवस्था रहेन । अहिले मिचेल ओबामाको विकमिङ भन्ने पुस्तक पढीरहेको छु । फुर्सदमा कविता पनि लेखिरहेको छु । अहिले मैले लेखेको कोरोनाभाइरस र हनुमान कविता फेसबुकमा लोकप्रिय बनेको छ । झण्डै ८० हजारले भ्युवर्स पुगेको छ । घरमा बसेर मनमा चिन्ता भगाउने हो । आफु पनि सर्तक हुने र अरुलाई पनि सर्तक बनाउने काम गरिरहेको छु ।
जनजीवन अस्तव्यस्त भएकाले चिन्ता थपिएको छ
यमुना भट्टराई, महिला उद्यमी, टेक्सस
विश्वव्यापी महामारी बनेको कोरानाले यतिबेला त्रास बढाएको छ । अमेरिकामा झनै यो दिनप्रतिदिन बढ्दो क्रममा छ । लिकर स्टोरको व्यवसाय रहेकोले अहिले बाध्य भएर घरबाहिर निस्कनु परेको छ । बीचमा काम गर्ने कर्मचारीले काम छाडेपछि केही समय आफै पनि खटिनु प¥यो । कोरोनाकै त्रासले बीचमा धेरै जनाले काम छाडिदिनु भयो । यसले बीचमा भागदौड आफै धेरै गरियो ।
चार जना कामदार चाहिने ठाउ“मा अहिले दुई जनाले काम चलाइएको अवस्था छ । अहिले बीचमा अस्थायी १५ जना कर्मचारी नियुक्त गरेर स्टोरको काम सुचारु भएको छ । माक्स र ग्लोब्सको भरमा बाहिर हिडीएको छ । ज्यान के होला भन्ने त्रास पनि एकातिर छदैछ । व्यवसायको भागदौडले राती दस बजे बल्ल घरमा आइपुग्छु ।
रेष्टुरेन्ट तथा होटल व्यवसाय बन्द भए पनि स्टोर व्यवसाय सुचारु नै छन् । बन्द गर्न भनिएको छैन । यही भएर हाम्रो व्यवसाय पहिला जस्तो थियो र अहिले पनि उस्तै छ । व्यवसाय घटेको अवस्था भने छैन ।
तर पनि जनजीवन ज्यादै अस्तव्यस्त भएकाले चिन्ता यतातिर बढी छ । आफु कामका लागी घर बाहिर निस्केको हुन्छु कतै मेरो कारणले घरपरिवारलाई केही होला कि भन्ने डर पनि छ । अहिले यसो सोच्दा जिन्दगी केही रहेनछ भन्ने लागेको छ । कामको प्रेसर एकातिर छदैछ अर्कोतिर यो भयावह अवस्थाले भोली के होला भन्ने चिन्ता बढेको छ । लामो अवस्था रहयो भने के होला भन्ने भय थपिएको छ ।
भोली के होला भन्दा पनि अहिले कसरी सुरक्षीत हुने भनेर सोच्नु परेको छ
सुरेशचन्द्र पोखरेल, अध्यक्ष नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्र टेक्सस
कोरानाले दैनिक जीवनमा उतारचढाव ल्याइछाड्यो । कसैले कल्पना गरेको थिएन यो अवस्था आउला भनेर । जीवन सहज हु“दा साताको पा“च दिन काममा गइन्थ्यो । तर अहिले तीन साता देखि घरमै छु । विशेष गरी मेरो बुबा ८२ वर्षको हुनुहुन्छ । स्वास्थको हिसाबले पनि उहा“लाई ख्याल गर्नुपर्ने भएकाले जोखिमलाई ख्याल गरेर बाहिर हिडने सहास गरेको छैन ।
सामान्य किनेमालका लागी माक्स ग्लोबस तथा सेनिटाइटजरको व्यवस्था गरेर निस्कन्छु । भीडभाड भएको भन्दा पनि खाली भएको समयमा बजारमा निस्कन्छु । पहिला जस्तो सामान छानीछानी किन्ने अवस्था छैन । यही भएर जे चाहियो त्यही टप्प टिप्यो ल्यायो । मेरो आफनै स्टोरको व्यवसाय पनि छ । काउन्टरमा कामदारको सुरक्षाका लागी प्लाष्टिकले कभर गरेको छु । स्टोरको ढोका बाहिर सेनीटाइटर राखेको छु । स्टोरमा आउने ग्राहकलाई सेनीटाइजर प्रयोग गरेर मात्र स्टोरमा पस्ने अनिवार्य गरिएको छ । कामदारलाई पनि मास्क, ग्लोबस लगाउन लगाएको छु ।
अहिले घरमै बसेर सिेनमा हेर्ने, बच्चाबच्चीको पढाईमा ध्यान दिने गरेर समय कटाएको छु । शारीरक व्यायमलाई पनि पहिला भन्दा बढाएको छु । श्रीमतिको हेयर सैलुन पनि बन्द छ ।कोरोनाले दैनिक अहिले पुरै परिवर्तन भएको छ । नेपाली मन्दिरको व्यवस्थापनमा पनि रहेकाले अहिले सर्वसाधारणका लागी मन्दिर प्रवेश रोकिएको छ । सबै काम मन्दिरको वेभसाइट मार्फत गरिएको छ । पुजा आजा गर्न चाहनेलाई अनलाइनबाटै व्यवस्था गरिएको छ । भोली के होला भन्दा पनि अहिले कसरी सुरक्षीत हुने भनेर सोच्नु परेको छ । सबैले यो बेला धैर्य र आत्मविश्वास लिएर अघि बढनु नै उत्तम हो जस्तो लाग्छ ।
कोरोनाले अहिले पुरै समय परिवारसंग व्यतित भएको छ
भोला आचार्य,पुर्व अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ हाल लवक टेक्सस
यतिबेलाको दैनिक पहिला भन्दा फेरिएको छ । आफुले गर्नुपर्ने काम घरमै बसेर फटाफट गर्नु परेको छ । पत्रकारितामा विशेष रुची राख्ने भएकाले हरेक दिन समाचारमा अपडेट भइरहेको छु । केही समय लेखनलाई पनि छुटाएको छु । अमेरिकाको न्युयोर्क कोरोनाको इपिसेन्टर बनेको छ । यही भएर न्युयोर्कमा रहेका साथीहरुसंग त्यहा“को अवस्थाको बारेमा फोनमार्फत दिनहु जानकारी लिने काम गरिरहेको छु । अहिलेको दैनिक पुरै परिवर्तन भएको छ । अहिले घरमै बस्ने सिनेमा हेर्ने पुस्तक पढने फुर्सद मिलेको छ । पहिला काममा व्यस्त भइरहने जिन्दगी अहिले परिवारलाई धेरै भन्दा धेरै समय लिन पाइएको छ । कोरोनाको महामारीले अहिले सामाजिक सम्पर्क कम भएको छ । फोन तथा समाजिक संजाल मार्फत पुराना साथीहरुसंग पनि सम्पर्क भएको छ । अहिले अवस्था केही असहज भए पनि घरमै बसेर सहज बनाउने प्रयासमा लागीएको छ ।
यो बेला आफु पनि सचेत हुने र अरुलाई सचेत गराउने बेला हो । यो कठिन अवस्थामा सबैले आ–आफनो ठाउबाट सामाजिक दुरी कायम गदै जीवनलाई सहज बनाउने हो । भोलीको अवस्थालाई भन्दा पनि अहिलेको अवस्थालाई आंकलन गरेर अगाडी बढने बेला हो । अहिले भने बाहिर हिडडुल भन्दा पनि घरमै बसेर सुरक्षीत हुने बेला हो ।