शिव शर्मा
अमेरिका– नेपाली समुदायको अधिक बसोबास रहेको अमेरिकाको न्युयोर्क सहरमा ६ सयको हाराहारीमा नेपालीहरु कोरोनाको संक्रमणमा परेको अनुमान गरिएको छ
कोरोना प्रभावित नेपालीको लागी काम गदै आएका व्यक्तिहरुको सम्पर्कका आधारमा यतिको संख्यामा हुने अनुमान गरिएको हो ।
झण्डै ५० हजारको हाराहारीमा नेपाली रहेको भनिएको न्युयोर्कमा कोरोनाबाट प्रभावित भएका नेपालीहरुको संख्या अधिक भए पनि आधिकारिक तथ्याङक कसैसंग छैन । यकीन तथ्याङक त हामीसंग छैन नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति तथा कोरोना विरुद्ध सचेतना समुह नामक संजालमा आवद्ध आनन्द विष्टले भने– ‘हामी पछिल्लो क्रममा प्रभावितका लागी गरेको राहत लगायत विभिन्न सामग्री वितरणका क्रममा ६ सयको हाराहारीमा संक्रमीत छन् भन्ने अनुमान लगाएका छौ ।’
उनले संत्रमणको संख्या यो भन्दा पनि बढी हुन सक्ने बताए । उनले धेरै अस्पतालमा बिरामीको चाप अधिक रहेकाले कतिपय संक्रमीत नेपाली घरमा बसेर स्वास्थ्य लाभ गरिरहेको बताए । न्युयोर्कका नेपालीको अवस्था बढी कष्टपुर्ण रहेकाले १४ वटा सेन्टर बनाएर माक्स ग्लोब्स, सेनिटाइजर, टाइनिल लगायत अति आवश्यक सामान घरघरै पुगेर बिरामी सामु पु¥याइदै आएको विष्टले बताए ।

उनले अहिलेकाे अवस्थामा हामी सबै संघसंस्था एक सात हातेमालाे गरेर अघि बढेकाे बताए । विष्ट अहिले आफै काेराेना प्रभावित नेपालीकाे घर दैलाेमा पुगेर अतिआवश्यक सामग्री बितरण गर्दै आएका छन ।

अहिले न्युयोर्कमा विभिन्न संघसस्था जनजाती लागायत सबै समुह मिलेर बनाएर यो संजालले न्युयोर्कका कोरोना प्रभावित नेपालीलाई सहयोग गदै आएका छ ।
न्युयोर्कमा नेपालीको अवस्था भयावह भए पनि अधिकांशले संक्रमीत भएको कुरा बाहिर ल्याएका छैनन । सामाचार स्रोतका अनुसार अधिकांश संक्रमीत घरमै क्वारेन्टाइनमा बसेको अवस्था छ । अस्पतालमा बिरामीको चापले कतिपयलाई फकाइएको अवस्था छ । बेड क्षमताको अभावले अति नाजुक अवस्थाका बिरामीलाई मात्र अस्पतालले भर्ना लिने गरेको छ ।
न्युयोर्कका सबै जसो क्षेत्र कोरोना संक्रममणबाट प्रभावित रहेको रहेको पाइन्छ । ८० प्रतिशत भन्दा बढी नेपालीको बसोबास रहेको न्युयोर्कको क्वीन्स कोरोना महामारीले आक्रान्त रहेको स्थानिय बताउछन् ।
हामीले तथ्याङक लिने प्रयास गरिरहेका छौ, तर सबैले कोरोनाबारे नखोलिदिदा यकीन सख्या लिन हम्मे परेको छ’ न्युयोर्क स्थित कार्यबहाक महावाणिज्यदुत पुष्पराज भट्टराईले भने– कोरोनाप्रभावित संग नजिक रहेर काम गरेका स्थानिय व्यक्त्विको अनुमान अनुसार ६ सय जति नेपाली कोरोनाबाट संक्रमण भएको अनुमान छ ।’ उनका अनुसार संक्रमीत मध्ये ७० प्रतिशत निको हुदै गएको समेत गएका छन् ।
न्युयोर्कका क्वीन्स, ज्याक्सन हाइट, बुक्रलिन लगायतका क्षेत्रमा नेपालीहरुको बसोबास रहेको छ । पछिल्लो क्रममा कोरोनााट निको भएका केही नेपालीले सार्वजनिक रुपमा आफु ठिक भएको बताए पनि अधिकांशले भने संक्रमण बारे बाहिर ल्याएका छैनन । अमेरिकाको न्युयोर्क कोरोनाको महामारीको उच्च जोखिममा रहेको छ । यो समाचार तयार पार्दा सम्म न्युयोर्कमा १ लाख ६१ ह्जार बढी संक्रमीत भएका छन् भने ७ हजार बढीको ज्यान गएको छ ।,

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected