अमेरिका– विश्व्यापी महामारी बनेको कोरोनाभाइरस एउटा नया खोज यतिबेला बाहिर आएको छ । विश्वभरी आतंकीत बनाइरहेको कोरोना बारे तीन प्रकृति सामुन्ने आएको छ । अमेरिकाको माउन्ट सिनाइ अस्पतालको शोधबाट यस्तो खुलासा भएको हो । जसलाई टाइप ए, टाइप बि र टाइप सि गरेर वर्गिकरण गरिएको छ ।
यतिबेला अमेरिकाको न्युयोर्कमा जुन प्रकारको कोरानाले आतंक मच्चाइरहेको छ , त्यो युरोपबाट आएको हो । यसका साथै अमेरिकामा पश्चिम चीनबाट आएको भाइरसले यहा“ महामारी फैलाएको हो । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकका अनुसार यी तीन प्रकृतिको कोरानाले विश्वभरी अहिले आतंकीत बनाइरहेको छ ।
डेली मेलको समाचार अनुसार विश्वविद्यालयका शोधकर्ताका अनुसार यो भाइरस पैंगोलिन तथा चमगादड जस्तो जनवारमा फैलिएको थियो । त्यसपछि यो मासुको बजार हुदै चीनको बुहानमा पुगेर मानिसलाई संक्रमीत बनायो । शोधकर्ताले यसलाई टाइप ए कोरोना नामकरण गरेका छन् । शोधकर्ताका अनुसार यो भाइरस धेरै दिन सम्ममा चीनमा रहेन । चीनपछि यो जापान, अष्टे«लिया हुदै अमेरिका आइपुग्यो । शोधकर्ताका अनुसार कोरोनाभाइरसको सुरुवात गएको क्रिसमस आसपासबाट सुरुवात भएको हो ।
शोधकर्ताको दाबी अनुसार यसको परिवर्तित रुप कोरोनाको ‘टाइप बि’ हो । यसैको कारण चीनमा हजारौको ज्यान गएको हो । यो ‘टाइप बि’ कोराना यसपछि चीन हुदै युरोप दक्षिण अमेरिका र क्यानडा सम्म पुग्यो । ‘टाइप सि’ प्रकृतिको कोरोनाले सिंगापुर , इटाली र हङकङमा फैलिएर हजारौको ज्यान लियो ।
शोधकर्ताका अनुसार अमेरिकामा सबै भन्दा बढी मानिस टाइप ए कोरोना भाइरसबाट संक्रमीत छन् । जुन चीनबाट दोस्रो मुलुक हुदै अमेरिका भित्रिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected