अमेरिका– चीनको बुहानमा कोरोना फैलिदा अमेरिकामा यसको राप आइसकेको थिएन । तर बिस्तारै
कोराले वासिङटन राज्यमा देखियो । त्यति हु“दा समेत यसलाई यहा“को सरकारले नजर अन्दाज गरेन ।
अहिले आएर कोरोनाको चपेटाले विश्वकै पहिलो नम्बरमा यही अमेरिका आइपुगेको छ । अहिले सम्म कसैले हल्लाउन नसकेको अमेरिकालाई यही कोरोनाले हल्लाइ छाडेको छ । महाशक्ति राष्ट्रको आ“तलाई यही जैविक शक्तिले हल्लाइ छाडेको छ ।

अमेरिकामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढदै गएर अवस्था झनै भयानक बन्दै गएको छ ।
अमेरिकामा शुक्रमबार यो समाचार तयार पालौ सम्मको आकडा अनुसार १८ हजार भन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै संक्रमण हुनेको संख्या ५ लाख ५७२ पुगेको छ । कोरोनाबाट ठिक भएकाको सख्या २८ हजार ५ सय ३२ मात्रै छ । २४ घन्टामा ३१ हजार बढी संक्रमीत थपिनु र झण्डै २ हजारको हाराराीमा मान्छको ज्यान जानु ज्यादै नै जटील अवस्था भएको अधिकारीहरुले बताएका छन् । स्वाथ्य अधिकारीहरुका अनुसार अमेरिकामा यो महामारीबाट एक लाख देखि दुई अमेरिकनहरुको ज्यान जान सक्ने छ ।
अमेरिकामा अहिले कोविड–१९ बाट मर्ने सख्या चीन भन्दा अधिक छ । यो घातक भाइरसको जन्म भने चीनमै भएको थियो । तर अहिले चीनले करिब करीब यसलाई नियन्त्रण गरिसकेको छ । चीनमा अहिले सम्म यो भाइरसबाट मर्नेको सख्या ३ हजार ३ ३६ रहेको छ भने संक्रमीत ८१ हजार रहेको छ । विश्वभरीे मृतकको संख्या एक लाख नाघेको छ । ।
कोरोना भाइरसको आकडामा अमेरिका, इटली फा्रन्स र स्पेन पछि चीन चौथो नम्बरमा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ःड ट्रम्पले दुई साता अमेरिकाका लागी धेरै ठुलो संकट र कठिन अवस्था हुने बताए पनि यो संख्या बढदो छ । अमेरिकाको न्युयोर्कमै १ लाख ७२ हजार बढी संक्रमीत छन् भने मृतकको संख्या ७ हजार बढीरहेको छ ।
वाइट हाउसकै सदस्यले अझै कुनै कदम नउठाएर मृतकको संख्या धेरै बढने अनुमान छ । उनीहरुको अनुसार मृतकको संख्या १.५ देखि २.२ मिलियन हुन सक्छ । उनिहरुले सामाजिक दुरी नै यो भाइरसको रोकथामको एउटा मात्रै विकल्प रहेको बताएका छन् ।

संसारमै स्वास्थ्य क्षेत्रमा समेत अब्बल मानिएको अमेरिका यतिबेला कारोना भाइरसका कारण गहिरो संकटमा पुगेको छ ।
कोरानाका कारण सबैतिर बस्तुस्थिति नाजुक बन्दै गएपछि अमेरिका यतबेला ज्यादै नै संकटको अवस्थामा पुगेको हो । चिकित्सकार्मिहरुले आउने दिनमा यसको संक्रमणले हजारौ रोगीहरुका लागी हेरबिचार गर्ने अवस्था आउन सक्ने अनुमान गरेका छन् । यसैलाई ध्यानमा राखेर खुल्ला मैदान, सम्मेलन केन्द्र तथा घोडा दौडको मैदानलाई अस्थायी अस्पताल बनाउने तयारी समेत भइरहेको समाचार एजेन्जीहरुले जनाएका छन् ।
ट्रम्प प्रशासनले समेत यी सबै त.खतरासंग जु“ध्न पछिल्लो क्रममा आएर आफनो सबै शक्ति यसैमा लगाएको छ । ढिलै भएपनि ट्रम्प प्रशासनले कोरोना भयावहलाई कम गर्न अग्रसरता देखाएको छ । ट्रम्प प्रशासनले सेवानिवृत्त चिकित्सकहरुसंग समेत यसका लागी सहयोग मागेको छ । अमेरिकी सेनाका इन्जिनियर पुरै देशमा युद्धस्तरमा अस्थायी अस्पताल बनाउन जुटीसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected