–बैकुण्ठराज आचार्य
कुर्लदै थियो उ
यो त ठूलो पक्षपात हो
उसलाई चाँही छूट दिने
मलाई चाँही कारवाही, यो त अन्याय हो
कोरोनारुपी अवसर
सँधै कहाँ आउँछ र!
सँधै सवै मिलाएकै थिएँ
आज यस्तो कसरि भो?
करोडपति बाट अरबपति
बन्न खोज्नु के मेरो दोष हो?
आएको अवसरमा कमाउन नपाउनु
अनि के व्यापार गर्नु हो?
सवै पार्टपूर्जामा तेल लगाएकै थिएँ
तर पनि यो दुर्घटना कसरि भो?
लड्छु म यो अन्याय बिरुद्ध
यो देश मेरो पनि हो ।
(कोरोनाको महामारीसंग देश जुधिरहंदा कालोबजारी गर्नेलाई कारवाही गरिएको सन्दर्भमा)
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...