अमेरिका– अमेरिकामा कोरोना महामारी निरन्तर बढदै गएपछि न्युयोर्क सहरमा सामुहिक रुपमा शब गाडिएको हदयबिदारहक तस्विर बाहिर आएको छ ,
हार्ट आइल्यान्ड को यो तस्विरमा सेता कपडा पहिरएका कर्मचारीले गहिरो खाडलमा बाक्सम राखिएको तस्विर पुरिरहेको दृश्य बाहिर आएको हो । यो दृश्यले धेरैको मुटु हल्लाएको छ । ड्रोनबाट खिचिएको यो दृश्यमा शव पुरिएको दृश्यले अन्तराष्ट्रिय संचारमाध्यमहरुको ध्यान खिचेको छ । यसरी पुरिएका शबहरुको नजिकका कोही आफन्त समेत हुदैनन ।


अमेरिकाको न्युयोर्क सहरको अवस्था ज्यादै नै कारुणीक बनेको छ । हरेक दिन यहा“ कोरोना संक्रमीत र मृतकको संख्याको ग्राफ दिनहु बढदो छ।
सामाचार एजेन्सी उपी का अनुसार हार्ट आइलैडमा सामान्यता सातामा २५ शब आउने र साताको एक दिन मात्रै अन्तेष्टि हुदै आएको थियो ।
तर सुधार गृह विभागका प्रवक्ता जेसन कस्र्टनले भने अहिले यहा“ साताकै पा“च दिन शबहरु सामुहिक रुपमा पुरिदै आएको छ । हरेक दिन २५ शब सामुहिक अन्तेष्टिका लागी अहिले आउने गरेको छ । यहा“ शबलाई खाडमाल हालेर पुर्ने काम सहरको मुख्य जेल राइकसै आइल्यान्डका कैदी मार्फत गराइदै आएको छ । अहिले काम बढेपछि ठेकेदारलाई सबै काम सुम्पिएको छ । यसरी गाडिएको शबको के कतिको आफन्तजन थिएन भन्ने बारेमा केही स्पष्ट पारिएको छैन ।

अमेरिकामा शनिवारको पछिल्लो २४ घन्टामा २ हजार भन्दा बढीको ज्यान गएको छ । न्युयोर्कमै मृतकको संख्या ८ हजार भन्दा बढी पुगेको छ । यहा“ संक्रमितको संख्या १ लाख ७४ हजार भन्दा बढी छ ।

चीनको बुहानमा कोरोना फैलिदा अमेरिकामा यसको राप आइसकेको थिएन । तर बिस्तारै
कोराले वासिङटन राज्यमा देखियो । त्यति हु“दा समेत यसलाई यहा“को सरकारले नजर अन्दाज गरेन ।

अहिले आएर कोरोनाको चपेटाले विश्वकै पहिलो नम्बरमा यही अमेरिका आइपुगेको छ । अहिले सम्म कसैले हल्लाउन नसकेको अमेरिकालाई यही कोरोनाले हल्लाइ छाडेको छ । महाशक्ति राष्ट्रको आ“तलाई यही जैविक शक्तिले हल्लाइ छाडेको छ ।

छ ।
(एजेन्सीको सहयोगमा)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected