सागर अर्याल

टेक्सस– आफनाे  स्थापनाको छोटो अबधिमा नै रुपन्देहि सेवा समाज बिभिन्न सामाजिक काम मार्फत समाजमा आफ्नो सुअस्थिति देखाउन सफल भएको छ ।
हाल बिश्वभर COVID 19 अर्थात कोरोना भाइरसको कहरबाट सम्पुर्ण मानबजगत आक्रान्त भैरहेको छ । यो समय के कसरि सुरक्षित एबम स्वस्थ रहने र घरमा बस्दा आफ्नो समयको सदुपयोग कसरि गर्ने भनेर हामिहरु चिन्तित भैरहेको बेला रुपन्देहि सेवा समाजले एउटा उत्तम कार्यको सुरुवात गरेको छ ।
योगा अभ्यासले मानिसलाई सकारात्मक सोचको बिकास गर्दछ र रोग सङ लड्ने रोग प्रतिरोधात्मक शक्तिको बिकास गर्दछ । यसै कुरालाई मध्यनजर गर्दै समाजले यो कार्यक्रमको सुरुवात गरेको छ । योग प्रशिक्षक श्रीमान दिपक प्रधान तथा श्रीमति लता प्रधान द्वारा निशुल्क योग प्रशिक्षण दिने समाजले जनाएको छ । यो कार्यक्रम हरेक शनिवार र आइतबार बिहान ८:३० बजे देखि ९:३० बजे सम्म अनलाइन मार्फत गरिने र इक्षुक ब्यक्तिले सहभागिता जनाउन सकिने समाजले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected