अमेरिका– अमेरिकाको एक जहाजका चालक दलका ५५० जना सदस्यमा कोरोना संक्रमण भएको पृष्टि भएको छ ।
अमेरिकी नौसेनाका एक प्रवक्ताले चालक दलका ९२ प्रतिशतमा जा“च गर्दा ५५० जनामा संक्रमण भएको पृष्ठि गरेका हुन । युएसएस थियोडोर रुजबेल्ट एयरक्रयाफ्टमा संक्रमण भेटिएको हो । ४ हजार ८ सय भन्दा बढी चालक दलका सदस्य रहेको जहाजमा ३, ६७३ जना भने संक्रमण मुक्त भएको जनाइएको छ ।
यस अघि रुजबेल्टमा कोरोना भाइरस संक्रमण भएको खुलासा गर्ने क्याप्टेनलाई हटाईएको थियो । यस विषयमा सवाल उठेपछि अमेरिकाका कार्यबहाक नौसेना प्रमुख थोम्स मोडलीले गत मंगलबार पदबाट राजीनामा दिएका थिए । यसअघि बर्खास्त गरिएका क्याप्टेनको पुर्नबहाली गर्ने प्रकृया समेत सुरु भएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...