टेक्ससमा कोरोना उकालो लाग्दै, १३ हजार भन्दा बढीं संक्रमण, झण्डै ३ सयको मुत्यु

अमेरिका– कोरोनाभाइरस संक्रमणले दिनानुदिन अमेरिकाको अवस्था भयावह बन्दै गएको छ । संक्रमणको संख्या गुना चौगुनाले बढने क्रममा छ । न्युयोर्क संगै अन्य राज्यमा पनि कोरोना संक्रमण बढदो छ ।
नेपालीहरुको अधिका बसोबास रहेको टेक्सस राज्यमा पनि कोरोना संक्रमण दर बढीरहेको छ । यो समाचार तयार पार्दा सम्म टेक्सस राज्यमा १३ हजार ८ सय ८६ मा संक्रमण भेटिएको छ । कोरोना संक्रमणबाट २९६ को जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा टेक्ससमा ५३२ जनामा संक्रमण र २३ जनाको ज्यान गएको राज्यको स्वास्थय विभागले तथ्याङक प्रस्तुत गरेको छ । टेक्ससको ट्यालेन्ट काउन्टीमा अहिले सम्म ८०६ जनामा संक्रमण र २५ जनाको ज्यान गएको छ । आइतबार मात्रै ट्यारेन्टी काउन्टीमा १९ संक्रमण भेटिएको छ । ट्यारेन्ट काउन्टीको आर्लिङटन, बेडफोर्ड, युलेस, फोरेस्ट हिल, फोटवर्थ, हस्र्ट, म्यान्सफिल्ड लगायतमा नया संक्रमण भेटिएको स्थानिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
टेक्ससको ह्यारिस काउन्टीमा कोरोनाको संक्रमण अधिक भेटिएको छ । हयारिस काउन्टीमा कोरोनाको ३ हजार ५ सय संक्रमण भेटिएको छ । ड्यासल काउन्टीमा १७ सय भन्दा बढी संक्रमण भेटिएको छ
। टेक्ससको ड्यालस, ट्राभिस, डेन्टन, बेक्सर, ट्यारेन्ट, कोलिन, ग्यालभस्टन, फोटेन्ट लगायत बढी प्रभावित भएका छन् ।
टेक्ससमा केही नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको हल्ला चले पनि यसको आधिकारिक पृष्टि भने हुन सकेको छैन । नेपालीहरुले संक्रमणलाई भएको लुकाएका छन् ।
टेक्ससमा छोटो समयमा कोरोनाभाइरस फैलिन थालेपछि स्थानिय सरकारले केही काउन्टीलाई लक डाउन समेत गरेको छ ।
डयालस काउन्टीको जेलमा पनि कोरोनाभाइरस संक्रमण भएको पृष्टि भएको छ
टेक्ससमा कोरोनाभाइरस फैलिदै गएपछि सर्वसाधारणमा त्रास बढेर गएको छ । बजारमा चहलपहल घटदै गएको छ । होटल रेष्टुरेन्ट लगायत अन्य व्यापार व्यवसायहरु सुनसान बन्दै गएका छन् । स्कुल कलेज बन्द छन् ।